१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

अर्को सालदेखि मखमली फुल्ने छैन

कविता

रत्नप्रसाद अनामनि श्रेष्ठ  

 

निरन्तर चलिरहेछ वार्ता

प्रगति उस्तै छ

लिने र दिनेको वासलात नमिल्दा

जनताको पुर्पुरोको हिसाब नमिलेको धेरै भयो।

गाउँबस्ती पहिरो र बाढीमा छ

काले–बिस्नेको स्कुल पनि बन्द छ।

गाउँमाथिबाट बग्ने हिजो

खुशीमा धेरै पानी बगिसक्यो।

तर जिन्दगीका दुख बगेन।

गरीबीको कारणले वास पिउँदापिउँदै

सानुचाको फोक्सो बिग्रिसके

कोरोनाको बहाना

हिजो छाडी अस्ति मात्रै लग्यो रे

बारीको पाताभरि

मखमलीको बीउ छरेको थियो उस्ले

मखमली फुलेपछि बेचेर

केही ब्याज तिरौला भन्ने सोच थियो।

यसपालि मखमली फुले पनि

अर्को सालदेखि मखमली

कहिले फुल्ने छैन।

प्रकाशित: ९ आश्विन २०७८ ०६:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App