१२ असार २०८१ बुधबार
image/svg+xml
कला

विश्व विनोद दुई बालकविता

बालकविता

विश्व विनोद

 

१) जनावरको चाल

हात्ती आयो लसकलसक, माछो आयो पौडी,

पुतलीले फुरफुर गर्दा, घोडा आयो दौडी।

कछुवाले सुस्तसुस्त, हिँड्यो घस्रिएर,

खरायोले हिँड्यो साथी, आफैं उफ्रिएर।

लमकलमक गैंडा हिँड्यो, डल्फिनले पौड्यो,

माउसुली घिस्रिरह्यो, चितुवाचाहिँ दौड्यो।

माहुरीले मह ल्याउँछ, फूलै फूल उडी,

अक्टोपसले पौडिएर गर्छ लडीबुडी।

घस्रिएर दुलाभित्र पस्यो ठूलो सर्प,

जनावरको गति अनि चाल जान्नुपर्छ।

   

२)सानो पाडो

 

कान उस्का ठाडो,

कति राम्रो पाडो।

बुर्लुक् बुर्लुक् गर्छ,

बारीतिर झर्छ।

घुम्छ पारि डाँडो,

मेरो सानो पाडो।

माउसँग चर्छ,

घाँस खाने गर्छ।

दूध खान्छ चाँडो,

मेरो सानो पाडो।

भकारोमा पस्छ,

थकाई मारी बस्छ।

हुन्न उस्लाई जाडो,

मेरो पुन्टे पाडो।  

प्रकाशित: २० भाद्र २०७८ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App