१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

राजु परियारको शब्दमा उमा श्रेष्ठको मौलिक तीज गीत 'तिजैको मेला'

राजु परियारको शब्दमा उमा श्रेष्ठको तिजैको मेला गीत सार्वजनिक भएको छ। नेपाली सांगीतिक बजारमा विभिन्न किसिमका गीतहरु आउने क्रम जारी छ। तीज नजिकिएसँगै तीज गीतहरुले यतिबेला सांगीतिक बजार तताइरहेको छ। तर ती गीतहरु कतिपय मौलिक छन् भने कति गीतहरुमा मौलिकता हरायो भन्ने टिप्पणीहरु पनि हुन थालेका छन्।

यही माहोलका बीचमा गायिका उमा श्रेष्ठले भने मौलिकता झल्किने तीज गीत बजारमा ल्याएकी छिन्। राजु परियारको शब्द, कमल सौरागको संगीत तथा उमाको आवाज रहेको ‘तिजैको मेला’ बोलको गीतले यतिबेला निक्कै चर्चा कमाएको छ।  

लोकदोहोरी क्षेत्रमा निक्कै कहलिएका गायक राजु परियारको शब्द रहेको यस गीत अन्य गीतको तुलनामा निक्कै मौलिक रहेको पाइन्छ।  

गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ भने गीतको निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी छिन्। भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका हुन्। भिडियोको सम्पादन प्रकाश धमलाले गरेका छन्। 

गीतमा रुबीना अधिकारीलाई फिचरिङ गरिएको छ। गायिका श्रेष्ठलाई पनि गीतमा देख्न सकिन्छ।

प्रकाशित: ३ भाद्र २०७८ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App