५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

मदन पुरस्कार-२०७७ को प्रारम्भिक सूची सार्वजनिक

मदन पुरस्कार-२०७७ को प्रारम्भिक छनाैटमा परेका पुस्तकहरूकाे सूची सार्वजनिक गरिएको छ। शुक्रबार मदन पुरस्कार गुठीले ९ पुस्तकको सूची सार्वजनिक गरेको हो। 

पुरस्कारका लागि गुठीलाई २२२ पुस्तक प्राप्त भएको थियो। यी पुस्तकहरु मध्येबाट बढीमा १० पुस्तकहरुको प्रारम्भिक सूची तयार गर्न गठन भएको समिमितले गुठीलाई ९ पुस्तकहरुको नाम उपलब्ध गराएको थियो।

छनौटमा परेका यी ९ पुस्तकहरु मध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रुपमा २०७७ को मदन पुरस्कार प्रदान गरिने छ।    

सूचीमा एकलव्यको देब्रे हात, करिया, कल्प-ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह संवत १७१९-२०२० परेका छन्। २०७६ सालको मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई प्रदान गरेको थियो।

प्रकाशित: १५ श्रावण २०७८ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App