४ माघ २०८२ आइतबार
image/svg+xml
कला

असीमित चाहना

छोटो कथा

ममता मृदुल

 

 ‘दशैं आयो । यसपालि दशैंमा त अरू वर्ष जस्तो नगर्नु होला । मैले पहिल्यै भनेकी छु । मलाई सुतीको सारी किनी दिएर टार्न पाइँदैन । बरु किन्न सक्दिन भन्नु ।मेैले भनेको सुन्दै हुनुहुन्छ नि’, आराधनाले बालकृष्णलाई भनिन् ।

बालकृष्ण केही बोलेनन् । सत्तरी नाघेका बुबाआमा घरमा छन्। टिका लगाउने मान्छेको धुइरो लाग्छ । खाना पनि दिनै परयो । जिल्ला प्रशासन कार्यालयमा सुब्बाको जागीर छ। टाउकोमा बोकेको समस्याको भारी बिसाउने चौतारो छैन ।

आमाले भन्नुहुन्छ– नारी भनेको धर्ती हुन् । अनेकौं पीडा मुस्कुराएर सहन्छिन् तर केही भन्न पनि भएको छैन । बालकृष्ण मौन बस्छन् । बोलेको कुरा पु¥याउन नसक्नेले नबोल्नु बेस हुन्छ । चुपचाप कोठामा बसेका छन् । एकछिनपछि छोरी आइन् । बालकृष्णको अनुहारमा हेर्दै ‘बाबा खसी कहिले ल्याउने’ भनेर सोधिन् । बालकृष्ण फिस्स हाँसे जवाफ दिएनन् ।

सात जना छोरामा कान्छो छोरा वालकृष्ण हुन् । बाआमा कान्छो छोरासँग बस्ने भए । पहाडको खेत पाखाबारी घर बेचेर आएको पैसा नौ भाग लाग्यो । बाआमा समेतको भागको रकम हालेर टंकीसिनुवारीमा एक कट्ठा घडेरी किने । आमाको सुन बेचे । बालकृष्ण सञ्चयकोषबाट सापटी रकम झिके । सबै पैसा मिलाएपछि चार कोठा पक्की घर बनेको थियो। आराधनासँग विहे हुँदा यो घर बनिसकेको थियो।

पुरानो कुरा सम्झदै बालकृष्णले सोचे – बाआमाको वृद्ध–भत्ता पनि आउँछ । पहिले पनि आमाले दिनुहुन्थ्यो । यसपालि आफैं भन्नुपरयो । दशंै खर्चले दशैं टर्दैन । मनका कुरा मनमा पोको पारे – होस पछि भनौला । दशैं अझै बिस दिनपछि आउँछ ।  

बालकृष्ण ९ बजे कार्यालय जान हिँडे । बालकृष्ण गएपछि आराधनालाई बोलाउँदै सुनन्दा आइन् । दुई जना कोठामा बसेर गफ गरिरहेका थिए । सुनन्दाको हातमा भएको फोन बज्न थाल्यो। फोनमा कुरा गर्दागर्दै उठिन् । म आउँछु भनेर फोन काटिन्। सुनन्दाको हात समाएर अनुराधाले भनिन्– दिदी, मलाई पनि काम खोजिदिनुस् न । एक जनाको कमाइले घर चलाउन मुस्किल परेको छ। तपाईको घर देख्दा त मलाई खुशी लाग्छ । दाजु र मेरो बुबाको तलब उस्तै त हो नि तर तपाईले कमाएको कस्तो राम्रो छ। मलाई पनि आफूसँगै लैजानुस न् । सुनन्दा चुपचाप उभिइरहिन् के भन्ने नभन्ने विचार गदै भनिन् –बैनी,तपाई यस्तो सुखमा बसेको मान्छेले के काम गर्नुहुन्थ्थो ! म त धरै दुःख गर्छु । फेरि जति बेला बोलाए पनि जानुपर्छ । नाइँ भन्न पाइँदैन तर कमाइ त राम्रो हुन्छ।

अनुराधाले मनमनै सोचिन् –कहिल्यै आफ्ना लागि सय रुपैयाँ खर्च गर्न पुग्दैन बरु सुनन्दासँग काममा जान्छु जिद्धी गर्न थालिन । सुनन्दा अन्योलमा परिन्। फेरि साहूलाई फोन गरिन् । म साथी लिएर आउभन्दा साहूले हुन्छ भनिदियो ।

 

सुनन्दाले आराधनालाई सँगै लिएर आउँदा बाटोमा आफूले गर्ने काम बारे भनिदिइन्। आराधना पनि त्यो काम गर्न मञ्जुर भइन्। आराधनालाई पैसाको कमी हुन छाड्यो। घरमा खसी आयो। सबैलाई नयाँ कपडा किनिन्। फ्रिज, कपडा धुने मेसिन, भित्ते टिभी जस्ता सामान थपिँदै गए। बालकृष्ण केही नबोली हेरिरहेका थिए। कहाँबाट यी सामान आयो सोधेनन्।

दशैं रमाइलोसँग बित्यो । तिहार आउन लागेको छ । आराधनाका असीमित चाहना पूरा भैरहेको छ। पैसामोहले आराधना गलत बाटोमा त हिँडिनन् । कहिलेकाहीँ बालकृष्णलाई लाग्छ । उनको आराधनालाई सम्झाउने कोसिस गरे। आराधनालाई सम्झाउनु भनेको  फलामको चिउरा चबाउनुजस्तै भयौ। आराधनाको व्यवहारबाट बालकृष्ण धेरै चिन्तित भए तर रोक्न सकेनन् ।

बालकृष्णले आराधनाको असीमित चाहाना पूरा गर्न सक्दैन थिए । त्यै भएर मौन बस्नु ठिक ठाने। जिल्ला प्रशासनको मुद्दा फाँटमा काम गर्ने बालकृष्ण अपराधबारे अनभिज्ञ छैनन् । तर नारीहरूको अगाडि उनको जो चलेन।

आज पनि आराधना र सुन्दा एघार बजे घरबाट निस्के बालकृष्ण कार्यालयबाट काम गरेर बसेको थिए। चार बाजे प्रहरीले होटल छापा मार्दा समातेका मानिसलाई म्याद थप गर्न ल्याए। बालकृष्णले म्याद थप गर्ने मिसिलमा नाम पढ्दापढ्दै अडिए र अन्तिम नाम आराधनाको थियो। विश्वास लागेन ल्याएका मानिसको अनुहारमा हेरे आराधना टाउको निहुराएर भित्तामा उभिइरहेकी थिइन।

प्रकाशित: १५ असार २०७८ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App