१६ चैत्र २०८० शुक्रबार
कला

आम मानिसको घाउमा मल्हम लगाउन खोज्ने साहित्यकार

सपनाको भारी छ आँखामा,  

आफ्नो भन्नै कोहि छैन साथमा  

आस मर्यो आँसु बन्दै चुहिन्छु होला  

म  मरे भने त यै सहरको डेरामा  

खै कतिन्जेल कुहिन्छु होला।  

‘म मरे भने त शहरको डेरामा’ भन्ने गीतमा सुन्दर भविष्यको सपना बोकेर सहर छिरेका मानिसका पिडालाई बुनेका छन्, साहित्यकार भीष्मराज फुलाराले ।    

देशमा निषेधाज्ञा भएको करिब दुई महिना बित्यो। वातावरण उकुसमुकुस बन्यो। कोरोना महामारीको डरले सबैको मन ‘अशान्त ’ छ। सबैलाई कोरोनाको डर र त्रासले ग्रसित बनाएको छ । हरपल हरेकको मनमा ‘कोरोना’ नै खेलिरहन्छ।  धेरैको  गाँस खोसियो मानिस बेरोजगार बने। मानव जातिले नसोचेको विपद् आइपर्‍यो। 

दैनिक काम गरेर छाक टार्न परिवारलाई दुःख र पिडा थपिदिएको छ कोरोनाले। महामारीको पिडाले निरास भएकाहरुको व्याथालाई साहित्यकार फुलाराले शब्दमा उनेका छन् । तर आम मानिसको जस्तै पीडा र वेदना भएपनि बाहिरी रुपमा फुलाराको अनुहार भने हँसिलो देखिन्छ। आफूभित्र लुकेर बसेको समस्याका पहाडहरु उनी देखाउँदैनन्।  

उनी भन्छन्, मनमा पीडा छ। व्यापार विजनेश केही छैन। घरभित्रै थुनिएर बस्नु परेको छ। तर पनि यो समस्या देखाएर पिर लिएर के गर्ने?  विश्वमा धेरैको हालत यस्तै छ। सवैको दैनिकी अस्तव्यस्त नै छन्। फेरि यो समस्या मेरो मात्र होइन मानव समुदायकै समस्या हो सबै मानिस कोरोनासँग लड्नुपर्छ। हामीले केही गर्न नसक्ने कुरामा आत्तिएर हतारिएर पीर मानेर पनि त हुँदैन।’

साहित्यमा सबैभन्दा ठुलो शक्ति लुकेको हुन्छ। मनका भावनालाई मानसिक रुपमा पीडा लिएर भन्दा पनि कलमको माध्यमबाट उनी पोखिन चाहान्छन्। बाहिरी अवस्था जे जस्तो भएपनि अघिकांश समय उनको लेखेर नै वित्छ। केही हदसम्म भएपनि साहित्य सिर्जनाबाट दुखिरहेको घाउमा मल्हम लगाउने उनी बताउँछन्। यो महामारीको विचमा पनि उनी समाज परिवर्तन र आम मान्छेको मानसिकता परिवर्तनको सपना देख्छन्। साहित्यमा कतिपय पीडा साझा हुन्छ। अरुले लेखेको पीडा पनि आफ्नै ठानेर कसैको मन हलुका पार्न सकेमा यो सफलता हुने उनको धारणा छ।  

निःस्वार्थ भावनाले ओतप्रोत भई देश, काल र परिस्थिति विचार गरेर आफ्नो राष्ट्र र राष्ट्रियतामा अडिग रही सनातन धर्म, संस्कृति, शान्ति, सुरक्षा एवं अमनचैनमा खलल नपुग्ने गरी समाजमा विद्यमान विसङ्गति, रुढीवादी प्रवृत्ति, कुरीति, कुप्रथा, अन्याय, अत्याचार, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, स्वार्थी परपीडकलाई निरुत्साह पार्दै विभिन्न विधामा उचित बिम्ब र प्रतीकको प्रयोग गरेर सरल भाषामा सरस, बोधगम्य, यथासम्भव ज्ञानविज्ञानले सुसम्पन्न सशक्त साहित्य सृजना गरी त्यसैको माध्यमबाट बाटो बिर्सेका मान्छेलाई सत्मार्गमा हिँड्ने प्रेरणा प्रदान गर्नु नै सबै साहित्यकारको साझा दायित्व भएको उनी बताउँछन्।  

कोरोना महामरी एक जनाको मात्रै नभएर विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ लाई लिएर गत साल ‘कस्तो भाईरस आयो‘’ र दोस्रो कोरोना लहरले आम रूपमा पारेको प्रभाव प्रतिमात्र नभएर शहर केन्द्रित युवा जमातको पिडालाई लक्षित गर्दै देशको वर्तमान अवस्थाको चित्रण नै ठानौं ‘म मरे भने त शहरको डेरामा‘’ गीति सिर्जना  सार्वजनिक गरेका छन्।  

उनी भन्छन, ‘वर्तमान अवस्थामा कोभिड १९ का कारण संसारले भोग्नु परिरहेको समस्यालाई लिएर ‘कस्तो भाइरस आयो।’ भन्ने गीत ल्याएको थिएँ जुन अहिले श्रोता रुचिको बनिरहेको छ। विश्वमा पारेको प्रभाव र त्यसबाट जनजीवनलाई पर्न गएको असरलाई चित्रण गर्न खोजेको छु र कोरोना कहरबाट कसरी उन्मुक्ति पाइन्छ भन्ने कुराको सन्देश दिन खोजेको छु

उनी सर्वप्रथम त आत्मसन्तुष्टिका लागि लेख्छन्। त्यसपछि पाठकहरूको चाहना बमोजिम र जिम्मेवार नागरिकको हैसियतले समाजमा घटेका, आफूले देखेका र भोगेका घटनाक्रमहरूलाई जीवन्त राख्न लेख्ने गरेको बताउँछन्। प्राकृतिक रूपले अनि सुन्दर सुदूरपश्चिम डोटी जिल्लाको, चुडी गाऊँमा जन्मिएका भीष्मराज फुलारा युवा साहित्यकारको रूपमा सुपरिचीत छन्। उनी करिव एक दशकभन्दा बढी लेखन कार्यमा सक्रिय छन्। उनका देश, काल सुहाउँदो समयसापेक्षिक सिर्जना गर्न सिपालु फुलारा।  देश, काल सुहाउँदो समयसापेक्षिक सिर्जना गर्न सिपालु   छन् फुलारा।

साहित्यमा रुची भएको त स्कुले जीवन देखि नै हो। त्यतिबेला कथा, कविता, गीत भन्ने वित्तिकै हुरुक्क हुन्थे र लेख्थे पनि, विद्यालयमा भइरहने प्रतियोगितामा भाग लिई प्रथम, द्वितीय पुरस्कारबाट पुरस्कृत पनि भइरहन्थे। यसबाट साहित्यमा लाग्ने प्रेरणा जाग्यो। विशेषतः २०६७ सालमा पहिलो कृति ‘नफापेको मान्छे’ उपन्यास प्रकाशनमा आएपछि साहित्यमा निरन्तरता दिन थाले अहिले पनि निरन्तर रूपमा साहित्यका विभिन्न विद्यामा कलम चलाउँदै आइरहेको छु। साहित्यीक यात्रा जारी नै छ, कहाँ पुगे भन्ने आफुलाई नै थाहा छैन।

सामाजिक विकृति, विसंगति माथि कलम उठाउने फुलारा प्राः समाज रुपान्तरण हुने किसिमको साहित्य सिर्जना गर्न मन पराउँछन्। उनले नफापेको मान्छे उपन्यास (२०६७), टुहुरो कुण्डली उपन्यास (२०७३), नेपाली भाषा र साहित्यको इतिहास: त्यहाँदेखि यहाँसम्म (२०७५), अंग्रेजी संस्करण ओरपान हरस्कोप उपन्यास (२०७६) जस्ता कृतिहरू प्रकाशित छन्। यी कृतिको अतिरिक्त उनका आधा दर्जन भन्दा बढी गीतहरू दर्शक, स्रोता माझ आइसकेका छन्।

प्रकाशित: ३१ जेष्ठ २०७८ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App