ईन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ७ः४५ बजे अहमदावादमा सुरु हुनेछ।
समान १४ अंक भएपनि रनरेटका आधारमा हैदरावाद दोस्रो र गुजरात तेस्रो स्थानमा रहेका छन्। आजको खेलमा जित निकाल्ने टिम १६ अंकमा शीर्ष स्थानमा पुग्नेछ।
पहिलो स्थानमा रहेको रोएल च्यालेन्जर्स बैंङलुरुको पनि समान १४ अंक छ।
प्रकाशित: २९ वैशाख २०८३ १९:१० मंगलबार





