१२ वैशाख २०८३ शनिबार
image/svg+xml
कला

कागजको डुङ्गा

बालकविता

 रमेशचन्द्र घिमिरे

 

जसो गरी पानीमाथि बग्छ फूलको थुङ्गा,

त्यसै गरी बग्यो मेरो कागजको डुङ्गा।

 

लेउमा परी अल्झिएर रोकिन्छ कि कतै,

बग्दै जाँदा बिच बाटामै ठोकिन्छ कि कतै ।

भाँजो हाल्न आए आओस् निहुँ खोज्ने ढुङ्गा,

तर अघि बढ्छ मेरो कागजको डुङ्गा।

 

कतासम्म जाला खै यो कहाँसम्म पुग्ला,

हावा आई कोल्टे पर्दा कि त बिचमै डुब्ला।

अघि बढ्दै जानुपर्छ लड्नु हुन्न भुङ्ग,

सागर भेट्न पुग्छ मेरो मेरो कागजको डुङ्गा।

प्रकाशित: ८ वैशाख २०७८ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App