१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

कस्ले गर्‍यो दीपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक?

कलाकार दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक ह्याक भएको छ। ह्याकरले फेसबुक र इन्स्टाग्राम ह्याक गरेर म्यासेजमार्फत् पैसा मागेको बताईएको छ।

दीपाश्रीको फेसबुक ह्याक गरेर ह्याकरले ‘छक्कापञ्जा’का सह–निर्माता सुमन गिरीलाई मेरो भाइ बिरामी भयो एक लाख रूपैयाँ दिनू भनेर म्यासेज गरेका थिए।  

 फेसबुक ह्याक भएपछि दीपाश्रीले महानगरीय अपराध महाशाखामा उजुरी दिएको बताएकी छिन्। यद्यपी कस्ले ह्याक गरेको पत्ता लाग्न सकेको छैन।

प्रकाशित: १३ चैत्र २०७७ ०५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App