२४ पुस २०८२ बिहीबार
image/svg+xml
कला

विजय लामाको ‘तोङ्बाको तातो पानी’ सार्वजनिक

गायक विजय लामाले ‘तोङ्वाको तातोपानी’ भाग –२, म्यूजिक भिडियो सार्वजनिक गरेको छ । आफ्नो छोरा एक वर्ष पुगेको अवसरमा गायक लामाले सो गीत सार्वजनिक गरेका हुन् । लामाको आफ्नै स्वर रहेको गीतको शब्द र संगीत प्रेम लामाको छन्।

‘तोेङ्बाभन्दा मन परयो कान्छीको राम्रो’ भनिएको गीतमा मायापिरतीको भाव छताछुल्ल पोखिएको छ ।विभोर पोखरेलले निर्देशन गरेको भिडियोमा अभि लामा, अस्मिता योञ्जन, टेकमान लामा, नमिश योञ्जन, समी श्रेष्ठ र सुमी मोक्तानको फिचरिङ छन्।

अनिल मानन्धरको छायाङ्कन रहेको उक्त भिडियोलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।

प्रकाशित: १० चैत्र २०७७ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App