५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

मनीषाको 'महामृत्युञ्जय' सार्वजनिक

बलिउड अभिनेत्री तथा लेखक मनीषा कोइरालाले महाशिवरात्रिका अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छन् । महामृत्युञ्जयमा मनीषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युञ्जयमा संस्कृत शब्द छन् । यसको संगीत स्वर दिने श्रेष्ठले नै गरेका हुन् । महामृत्युञ्जयमा राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गिटार सुन्न सकिन्छ ।

मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यका लागि यो मन्त्र तयार गरिएको गायिका मनीषाले जानकारी दिइन । टाइम्स म्युजिक स्प्रिचुअल युट्युब च्यानलबाट सार्वजनिक मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन भने, उज्ज्वल जोशी र जावेद खानले यो मन्त्र छायांकन गरेका हुन् । दीप तुलाधरले रेकर्ड गरेको यस मन्त्रको भिडियो पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा खिचिएको हो ।

प्रकाशित: २८ फाल्गुन २०७७ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App