मनीषाको 'महामृत्युञ्जय' सार्वजनिक
बलिउड अभिनेत्री तथा लेखक मनीषा कोइरालाले महाशिवरात्रिका अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छन् । महामृत्युञ्जयमा मनीषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युञ्जयमा संस्कृत शब्द छन् । यसको संगीत स्वर दिने श्रेष्ठले नै गरेका हुन् ।