युवा साहित्यकार कृतार्थ शमशेर जबराको उपन्यास ‘दि स्याडोज इन सिलिअन’ मंगलबार सार्वजनिक भएको छ।
इतिहासविद् एवं राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपति जगमान गुरुङले एक कार्यक्रमकाबीच उक्त पुस्तकको विमोचन गरेका हुन्। अंग्रेजी भाषामा लेखिएको उक्त उपन्यासमा मध्यकालिन कथालाई समेटिएको छ। ‘उपन्यासमा मध्यकालिन कथालाई काल्पनिकतामा उतार्ने प्रयास गरिएको छ,’ लेखक राणाले भने।
उनले उपन्यासको विषय वस्तु र त्यसमा प्रयोग भएका पात्र पनि काल्पनिक रहेको बताए। उपन्यासलाई रेडपाण्डा बुक्सले प्रकाशित गरेको हा।
प्रकाशित: १८ फाल्गुन २०७७ १२:१७ मंगलबार





