अक्षर
पार्वती भट्ट
१)
मलाई कहिले विभक्ति कहिले निपात सिकाउँछ,
यो समाजको व्याकरणले अनौठो बात सिकाउँछ ।
मान्छे –मान्छे एकै हुन् भन्ने पाठशालाभित्रबाटै
संवेदनाबिनाको मानवता र जातभात सिकाउँछ।
२)
तिमी कहिले शीतल जून कहिले सुन्दर फूल भैदिनु,
समय परिस्थितिभन्दा पनि तिमी अनुकूल भैदिनु ।
म खहरे हुँ , रसाउन पनि सक्छु र सुक्न पनि सक्छु,
प्रिय फूल , तिमी सुक्दै नसुक्ने मायाको मूल भैदिनु ।
प्रकाशित: १७ फाल्गुन २०७७ ०७:५८ सोमबार





