२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

लघुकथा समाज प्रदेश एकको विविध कार्यक्रम सम्पन्न

फागुन १४ गते  विराटनगरमा लघुकथा समाज प्रदेश १ले आयोजना गरेको लघुकथा  लेखन सम्बन्धमा छलफल , विमर्श र स्थलगत लेखन प्रतियोगिता र उत्कृष्ट लघुकथाकारलाई पुरस्कार वितरण गरिएको छ।  

तीन उत्कृष्ट लघुकथा 'उस्को कथा' हेमन्त निरौला, 'साथी' लक्ष्मी पोखरेल र 'रूपायन' राजन कार्कीको रहेको छ। कार्यक्रममा लघुकथाकार दीपक लोहनीको लघुकथा संग्रह 'दीपक र दीपकहरू' तथा कथाकार स्मारिका शर्माको कथा संग्रह 'ओसिलो मन' विराटनगरको समारोहबीच विमोचन गरिएको थियो।

उक्त दुबै  संग्रहको विमोचन कार्यक्रम लघुकथा समाज प्रदेश १ बिराटनगरकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यतामा भएको थियो। विमोचित कृति माथी बिधान आचार्य, प्रा.डा. कपिल लामिछानेले समालोचकिय टिप्पणी गरेका थिए। कार्यक्रममा प्राज्ञ विवश पोखरेल, कथाकार भागिरथी श्रेष्ठ, बरिष्ठ गजलकार प्रकट पगेंनी शिवले शुभकामना व्यत्त गरेका थिए।  

यस्तै  फागुन १५ गते प्रकाश घायकको मुक्तक संग्रह 'लाजको आग्लो' र लक्ष्मण नेवटियाको लघुकथा संग्रह 'यो जो सँग सम्बन्धित छ' अध्यक्ष मृदुलकै सभापतित्व र लघुकथा समाज नेपालको अध्यक्ष श्रीओम  श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा विमोचन गरिएको थियो। विमोचित कृतिलाई नेपाल स्रष्टा समाजको अध्यक्ष विधान आचार्य कृति माथि समालोचकिय दृष्टिकोण राखेका थिए। बरिष्ठ गजलकार प्रकट पगेंनी शिव तथा गंगा सुवेदी प्रकाश घायलले मुक्तककारलाई शुभकामना दिएका थिए।  

प्राज्ञ विवश पोखरेल,बरिष्ठ कथाकार भागिरथी श्रेष्ठ, गजलकार मधु पोखरेल, प्राज्ञ गंगा सुवेदी, कवि भुषण ढुंगेल ,साहित्यकार लक्ष्मण नेवटिया मन्जुश्री, उमा सिजपती ,तृष्णा कार्की, लक्ष्मी रायमाझी खड्का, प्रसुराम घिमिरे,लगाएत स्रष्टा र साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो। मुक्तक कृति 'लाजको आग्लो' लाई नारी स्रष्टा समाज विराटनगरले प्रकाशन गरी नारी स्रष्टा  समाज बिराटनगरले नै विमोचन गराएको हो। स्मरण रहोस् प्रकाश घायलको यो पहिलो कृति हो।

प्रकाशित: १७ फाल्गुन २०७७ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App