६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला

गायिका अन्जु पन्तले थिरसँग चर्चमा गरिन् विवाह

तस्बिर: थिर काेइरालाकाे फेसबुक वालबाट ।

नेपाली चर्चित गायिका अन्जु पन्त विवाह बन्धनमा बाँधिएकी छिन्। उनले बुधबार थिर कोइरालासँग पाटनस्थित चर्चमा विवाह गरेकी थिईन्। अन्जु र थिर एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको हालै मात्र सार्वजनिक भएको थियो यद्यपी बुधबार उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।  

विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत शेयर गरेकी थिईन्। केही समय अगाडि थिरसँग विवाहको चर्चा चलेपनि अन्जुले सबै कुरा खुलाएकी थिईनन्। तर थिरले आफूहरु सम्बन्धमा रहेको अब छिट्टै विवाह गर्ने पनि बताएका थिए।  

उनीहरुको विवाहमा सीमित आफन्तहरु मात्र सहभागी थिए। गायिका अन्जुको यस अघि संगीतकार मनोज राजसँग विवाह भएको थियो। मनोजराज र अन्जुको एक छोरी छन्। तर करिब एक दशक अघि भने उनीहरुको डिभोर्स भएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७७ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App