coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सकारात्मक हुन्छन् गाली पनि

मुक्तक

         १)  

सुन्दर आँखामा पोखियो रात,

बगरले गरिरहयो नदीसंग बात ।

सम्बन्धका चित्रहरू कोरिरहँदा,

एक्कासि किन भयो होला घात।

 

         २) 

हरे राम जपिरहेछु उस्को कुरा सुनेर,

मान्छेका शेखी र घमण्डलाई नै थुनेर ।

वैरागी समयमा पनि  के कुरा गर्नु खै ,

बरु घरभित्रै नै बसौ मनमनै गुनेर। 

 

          ३)

आइरहेछ मनमा आँधीहुरी,

नरोप हेपी शब्दका छुरी ।

समयको खेल विचित्र हुन्छ ,

बुझेर बढाउँदै छु दुरी।

 

         ४)

सकारात्मक हुन्छन् गाली पनि,

बुझेपछि बज्न थाल्छन् ताली पनि ।

विवेकको ऐना फुटेपछि भने,

हालीमुहाली हुन्छन् महाजाली पनि।

 

          ५) 

मान्छेपिच्छे फरक हुन्छ दृष्टिकोण ,  

घुम्दै आउँछन्  जीवननको अनेकौ मोड ।

मनले नचाहेर नि सहनुपर्ने समयको घाउ,

आफ्नै लौरोले कतै नगर है तोडफोड ।

प्रकाशित: १० फाल्गुन २०७७ ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App