१८ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

म आफू

कविता

लक्ष्मी पोखेल

 

एकछिन आराम भन्दिनँ  

वरपर सबै त्यसैले खुशी छन् हजुर  

जीवन त मेरो शव वाहन हो  

गन्तव्य नआई उठ्न पाउँदिनँ  

मलाई जसरी चलाए हुन्छ  

तिम्रा गाथमा सेवा गर्ने  

स्वर्ग बनाउने जिम्मा पाएर  

एम्बुलेन्सझैँ सतर्क छु  

उर्लिन पाउँदिन समुन्द्रका छालझैँ  

बहकिन पाउँदिन हावाका बयलीझैँ  

पल – प्रतिपल मातृवात्सल्यले  

म गल्न पाउँदिन  

आफ्नै पसीना  

म आफू   पिएर  

तिर्खा मेट्न पाउँदिनँ  

म छोरी बन्दै ठिक्क  

म पत्नी बन्दै ठिक्क  

म आमा बन्दै ठिक्क  

म बुहारी बन्दै ठिक्क  

म हजुरआमा बन्दै ठिक्क  

म आफू बन्नै पाउँदिनँ   ।  

प्रकाशित: १५ पुस २०७७ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App