coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

तातो पानी खान्छु म

बालसाइनो

 छायादत्त न्यौपाने

    १)

तातो पानी खान्छु म

घरमै बस्छु पढ्छु म

साइनो लेख्छु रमाउँछु ।

   २)

साना हामी बालक

पढ्ने लेख्ने रहर छ

असल बालक बन्नु छ ।

      ३)

मित्र उत्साह थप्छन्

शिक्षक चेतना थप्छन्

बाआमा जिम्मेवारी थप्छन् ।

      ४)

चिठी लेखौं साथी हो

चिठी खबर दिन्छ नि

हुलाकी चिठी ल्याउँछन् नि !

     ५)

मेरो बालजीवन

कर्म गरौं भन्छ मन

पढौं खेलौं चल्छ बासन ।

   ६)

फुलाउँछु म फूल

चलाउँछु म बासन

नेपाल हो मेरो आसन ।

    ७)

बगैंचामा खेल्छु म

बोटमा पानी हाल्छु म

खेतीपाती गर्ने मान्छे म ।

   ८)

पढौं खेलौं रमाऔं

घरै सिकौं नयाँ कुरा

चुनौतीसँगै अवसर !

प्रकाशित: १२ मंसिर २०७७ ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App