आकाश अधिकारी
मैले कारागार नै सम्झिएको छु यो जिन्दगीलाई,
खै के सिकायौं अब म मेरा कलिला सन्ततिलाई ।
कहीँ देखिन यो दुनियाँमा, मान्छेभित्र मानवता,
लडाइ लड्दै शिखरमा पुरयाउँछु म उन्मुक्तिलाई ।
खासमा सृष्टिकर्ताकै मेरुदण्ड भाँचिएको रहेछ,
धर्म, संस्कार किन मलजल गर्दैछ यो कुरीतिलाई ।
माफ गर्नु महोदय मैले हतियार उठाइसकेको छु,
बम र बारुदले उडाउने यो कुरूप नियतिलाई ।
सदियौंदेखि व्यर्थैमा आँसु पिउँदै बाँचे पुर्खाहरू,
युगको प्रतिनिधित्व गर्दै तोडने छु विसंगतिलाई ।
नाजायज प्रश्नको जवाफ जरुरी म ठान्दिनँ अब,
बराबरीमा उठाउँदै छु आकाश अनि सृष्टिलाई ।
प्रकाशित: १६ कार्तिक २०७७ ०८:३४ आइतबार





