१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

अनलक-५ गाइडलाइन जारीः भारतमा सिनेमा हल खोल्न अनुमति, विद्यालय पनि खोलिने

भारतमा सरकारले सिनेमा हल खोल्न अनुमति दिएको छ। अक्टोबर १५ बाट भारतमा सिनेमा हल खोल्ने अनुमति सरकारले दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।  

सिनेमा हलसँगै मल्टिप्लेक्स, प्रदर्शनी हल र मनोरन्जन पार्कहरू पनि खोल्ने अनुमति संघीय सरकारले दिएको बीबीसीले जनाएको छ।  संघीय सरकारले अनलक—५ अन्तरगत स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै हल खोल्ने अनुमति दिएको हो।

त्यस्तै अक्टोबर १५ बाट विद्यालयहरु खोल्ने बारे पनि छलफल भइरहेको समाचारमा जनाइएको छ। विद्यालय खोल्ने विषयमा भने प्रदेश सरकारले निर्णय गर्नेछ। 

प्रकाशित: १५ आश्विन २०७७ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App