१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल राना रहेका छन्।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा  आएका हात्तीले रानामाथि आक्रमण गरेको थियो। किसान  रानाको घटनास्थलमै मृत्यु भएको अध्यक्ष रानाले बताए।

उनी हात्ती धपाउन गएको बेला उनीमाथि आक्रमण भएको हो। घटनास्थलतर्फ प्रहरी गइसकेको पनि उनले बताए। रासस

प्रकाशित: १३ आश्विन २०८१ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App