१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुई दिनअघि चितवनबाट काठमाडाैं छुटेको माइक्रोबस सम्पर्कविहीन

चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाण्डौ छुटेको माइक्रोबस पनि सम्पर्कविहीन भएको छ।

असोज ११ गते शुक्रबार दिउँसो करिब २ बजे मनकामना माई यातायात प्रालिमार्फत संचालित बा २ ख १३४५ नम्बरको बस सम्पर्कविहीन भएको हो।

प्रालिका अध्यक्ष नर बहादुर रानाका अनुसार काउन्टरबाट चलानी नबनाई बाहिरबाहिरबाटै यात्रु चढाएर माइक्रोबस काठमाडौका लागि छुटेको थियो। प्रत्यक्षदर्शीहरुका अनुसार माइक्रोबसमा चालक सहचालकसहित १७ जना रहेको बुझिएको रानाले जानकारी दिए।

‘शुक्रबार चितवनबाट काठमाडौको लागि छुटेको माइक्रोबस पनि भेटिएको छैन, चालक, सहचालक पनि सम्पर्कमा छैनन’, प्रालिका अध्यक्ष रानाले भने, ‘सम्पर्कमा नआएका यात्रुका आफन्तहरुले पनि फोन गरिरहेका छन्, पहिरो झरेको ठाउँमा नै पुरियो की भन्ने आशंकाले हामी त्यसतर्फ जाँदैछौं। ’

टिकट काउन्टरबाट चलानी नबनाई हिँडेकोले सम्पर्कमा नरहेका यात्रुको संख्या समेत यकिन गर्न नसकिएको व्यवसायीहरुले बताएका छन्। प्रहरीले भने पहिरो निकै ठूलो रहेको र उद्दारको क्रममा शवहरु एकपछि अर्को भेटिरहेकोले पहिरोमा कति सवारी पुरिएका छन् र कति यात्रु पुरिएका होलान् भन्ने सम्म आकलन गर्न सकेको छैन।

प्रकाशित: १३ आश्विन २०८१ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App