नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिएका छन्।
उनले यो यात्रा सुरु भएको तर लक्ष्य प्राप्त गर्न बाँकी रहेको बताउँदै शुभकामना दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन!’
शर्माले देशलाई गन्तव्यमा पुर्याउन धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै अफ्ठ्याराहरूको संयमपूर्वक सामना गर्नुपर्ने बताएका छन्। उनले भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका गौरवलाई पछ्याउँदै कमजोरी सच्याउनुपर्ने र इतिहासप्रति इमानदार रहँदै समुन्नति सम्भव तुल्याउनुपर्ने बताएका छन्।
‘हामीले सक्नुपर्छ र सक्नेछौँ,’ शर्माले लेखेका छन्, ‘अपार विश्वास र दृढ साथका साथ उभिएको छु साथमा, लामबद्ध छौँ साथमा।’
उनले गगन थापालाई सम्बोधन गर्दै ‘लु ब्रदर-बलियो कमान्डका लागि शुभकामना!’ भन्दै बधाई दिएका छन्।
प्रकाशित: २४ आश्विन २०८३ ०९:०९ शनिबार





