१३ आश्विन २०८१ आइतबार
image/svg+xml

चलचित्र क्षेत्रलाई करको भारी! देशभरका सिनेमा हल बन्द

सरकारले संकटमा परेका बेला सहयोग गर्नुको साटो करको भारी थुपारेर चलचित्र क्षेत्रलाई अन्याय गरेको चलचित्रकर्मीहरूको भनाइ छ।

‘गोस्ट स्क्रिनिङ’ले तातेको कोरिया

विगत पाँच वर्षयता विभिन्न सिनेमा हलहरूले ‘गोस्ट स्क्रिनिङ’ गरेको आरोपमा कोरियाली नगर प्रहरीले छापा मारेको छ।फिल्मको नक्कली प्रदर्शन गरेर बक्स अफिस आँकडा बढाउन मिलेमतो भएको प्रहरीको आरोप छ ।

नेपालगञ्जमा २५ करोडको लागतमा अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल

नेपालगञ्जमा करोडौँ रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितका सिनेमा हल सञ्चालनमा छन्। डेढ दशक अघिसम्म लक्ष्मी चलचित्र मन्दिर, बागेश्वरी र सृष्टि चलचित्र मन्दिर स्थानीय सिने दर्शकका गन्तव्य थिए। समय र प्रविधिसँगै स्तरोन्नति गर्न नसक्दा यहाँका सबैभन्दा पुरानो सिनेमा हल लक्ष्मी र त्यतिबेलाको नयाँ हल सृष्टि बन्द भएका छन्।

राणाकालमै भूमिगत थियो टुकुचा

काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ।

अनलक-५ गाइडलाइन जारीः भारतमा सिनेमा हल खोल्न अनुमति, विद्यालय पनि खोलिने

भारतमा सरकारले सिनेमा हल खोल्न अनुमति दिएको छ। अक्टोबर १५ बाट भारतमा सिनेमा हल खोल्ने अनुमति सरकारले दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

'जुधेर भएपनि सिनेमा हल खोल्ने बेला भयो'

नेपाली चलचित्रका अगुवाहरुले अबपनि कोरोना कोरोना भन्दै बस्न नहुने बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको ‘लकडाउन पछिको नेपाली चलचित्र : चुनौति, यथार्थ र सम्भावना’ विषयक विशेष बहस कार्यक्रममा बोल्दै उनीहरुले कोरोना महामारीका बाबजुद चलचित्र निर्माणको क्रम र सिनेमा हल सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

सिनेमा हलमा आगलागी हुँदा ५ करोड क्षति

हेटौंडा ४ स्थित ओम्याक्स सिनेमा हलमा बुधबार आगलागी हुँदा ५ करोड रुपैयाँ बढीको क्षति भएको छ।आगलागीबाट भवनभित्र रहेका सबै सामग्री जलेर नष्ट भएकाले धेरै क्षति भएको प्रहरीले जनाएको छ। ‘हलभित्र रहेको पर्दा, प्रोजेक्टर, साउण्ड सिस्टम, सिटहरुसहित अन्य सबै सामग्री जलेर नष्ट भएको छ’, वडा प्रहरी कार्यालय हेटौंडाका प्रमुख एवम् प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले भने, ‘फिल्म देखाउने प्रोजेक्टर कक्षमा बिद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्