coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पुतली खोज्ने केटी

उदाहरणीय युवा

अनिशा सापकोटा

प्रकृतिका सुन्दर सृजना पुतलीको अध्ययनमा गहिरो लगाब छ उनको। त्यसैले त रामपुर, चितवनकी अनिशा सापकोटालाई उनका साथीहरू ‘बटरफ्लाई गर्ल’ भन्छन्। नेपालमा ६ सय ६९ प्रजातिका पुतलीको अभिलेख राखिएको छ। तीमध्ये २ सयभन्दा बढी प्रजातिको उनले अध्ययन गर्न भ्याइसकिन्।    

कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन गर्नु अघिसम्म उनले एक सय दश प्रजातिका पुतलीको अध्ययन गरेकी थिइन्। लकडाउनमा उनले थप सय प्रजातिका पुतली अध्ययन गरिन्। अध्ययनको सिलसिला जारी छ।  

चितवनकी २२ वर्षिया अनिशा सापकोटाले दुई सयभन्दा बढी प्रजातिका पुतलीको अध्ययन गरेर तस्वीर खिचिसकिन्। लकडाउनमा मात्र उनले सय प्रजातिका पुतली अध्ययन गर्न भ्याइसकिन्। 

पुतली अर्थात् प्रकृतिका सुन्दर सृजना। तिनलाई देख्दा पीडा भाग्छ। मनमा उत्साहको दियो जल्छ।  

उनी फुर्सद हुनेबित्तिकै झोलामा क्यामेरा र पानीको बोतल राखेर साइकलमा चितवन राष्ट्रिय निकुञ्जमा पुग्छिन्। खोला, ताल, जंगल र खेतमा दिनभर डुल्छिन्। सुस्तसुस्त पाइला चाल्दै पुतलीका आनीबानी हेर्छिन् अनि तिनलाई क्यामेरामा कैद गरेर मुस्कुराउँछिन्।  

उनी रामपुरकै एग्रिकल्चर एण्ड फरेष्ट्री युनिभर्सिटीमा ब्याचलर इन एग्रिकल्चर अध्ययन गर्दैछिन्। वर्ष दिन भयो उनले पुतली अध्ययन थालेको। पुतली खोज्दै उनी काठमाडौंको गोदावरी, बर्दिया राष्ट्रिय निकुञ्ज र नवलपुरका गामबेंसीमा डुलिसकिन्। चितवन राष्ट्रिय निकुञ्ज, बीस हजारी ताल लगायत ठाउँमा त बरोबर पुगिरहन्छिन्।  

उनलाई हिम्मतवाली भने हुन्छ। पुतलीको खोजीमा प्रायः एक्लै निस्किन्छन्। अचेल उनी मुहारमा मास्क र हातमा पञ्जा लगाएर अध्ययनमा जुटेकी छिन्। साथमा फोटोग्राफी त हुने नै भयो।  

‘पुतलीको अध्ययनले मनमा आनन्द छाउँछ’, आफ्नो अध्ययनबारे उनी भन्छिन्, ‘नेपालमा किराफट्याङ्ग्राको विषयमा राम्रो अध्ययन भैसकेको छैन। आज हामीले अध्ययन ग¥यौं भने आउने पुस्ताका लागि ज्ञानको भकारी बढ्नेछ।’  

उनी नेपालका पुतलीको विषयमा जानकारी बाँड्न र अन्तरक्रिया गर्न अनलाइन प्लेटफर्म बनाउने योजनामा छिन्। त्यस्तै ब्लग र युट्युव च्यानल चलाउने विषयमा छलफल गर्दैछिन्। पुतलीको बासस्थान संरक्षण गरेर रंगविरंगका पुतली राखेर ‘बटरफ्लाई प्लानेटरियम’ बनाउने उनको चाहना छ।  

उनमा मुलुकभर घुमेर पुतलीको अध्ययन गर्ने रहर छ। भूगोल स्यानो छ तर हाम्रो हिमाल, पहाड र तराईमा विविधता छ। किसिमकिसिमका किराफट्याङग्रा पाइन्छ। इको सिस्टम संतुलनमा राख्न पुतलीको पनि महत्व छ। यिनको सौन्दर्यले मनोवैज्ञानिक उपचार हुन्छ। परागसेचन गराएर कृषि उत्पादन बढाउन पुतलीले योगदान पु¥याउँछन्।    

पुतली दुई किसिमका हुन्छन्। दिनमा उड्नेलाई दिनचर भनिन्छ भने रातमा उड्नेलाई निशाचार। पुतलीको ठूलो महत्व छ।

पुतली कुनै हप्ता दिन बाँच्छन् भने कुनै महिना दिन। अनि कुनै कुनै महिनौसम्म बाँच्छन्। न्यानोको खोजीमा युरोपबाट आउने पुतलीको आयु लामो हुन्छ।  

उनी नेपालका पुतलीको विषयमा जानकारी बाँड्न र अन्तरक्रिया गर्न अनलाइन प्लेटफर्म बनाउने योजनामा छिन्। त्यस्तै ब्लग र युट्युव च्यानल चलाउने विषयमा छलफल गर्दैछिन्।  

उनले नेपालमा लाइभ बटरफ्लाई म्युजियमको खाँचो देखेकी छन्। पुतलीको बासस्थान संरक्षण गरेर रंगविरंगका पुतली राखेर ‘बटरफ्लाई प्लानेटरियम’ बनाउने उनको चाहना छ।

उनी पुतलीको अध्ययनमा चुर्लुम्म डुबेकी छिन्। उनले मार्च २०२० मा पुतलीको एउटा नयाँ प्रजाति फेला पारेर अभिलेखिकरण गराइन्।  

‘म भविष्यमा पुतलीको विषयमा जानकारी दिने रंगीन पुस्तक प्रकाशन गर्नेछु’, उनले योजना सुनाइन्, ‘त्यसले पनि पुतलीको महत्व उजागर गर्ने छ।’  

वन विनाश र औधोगीकरणले पुतलीका बासस्थान नासिँदैछन्। बासस्थान संरक्षण गर्न जनचेतना जगाउनुपर्ने उनको भनाइ छ।  

प्रकाशित: १४ भाद्र २०७७ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App