८ वैशाख २०८१ शनिबार
कला

साँझ दियो बिहान चुल्हो बाल्न आउँछु आमा

गजल

विकल्प सर्वहारा

 

त्यो उध्रिएको तिम्रो चोली टाल्न आउँछु आमा,

धन कमाई बुढेसकालमा पाल्न आउँछु आमा ।

 

खेतबारी बाँझो हुँदै सिरु, सिस्नु उम्रियो होला,

पसीनाले आफ्नै जमीन गाल्न आउँछु आमा ।

 

सन्तानको पीरले कति भक्कानिदो होला मन,

मनभित्रको पीरको काँडा फाल्न आउँछु आमा ।

 

बिसन्चोले भोकप्यासै काट्छौ होला रातहरू,

साँझ दियो बिहान चुल्हो बाल्न आउँछु आमा ।

 

नरोए है चाडबाडमा छोरो फर्किने बाटो हेर्दै,

तिम्रै हातले जमरा र टिका हाल्न आउँछु आमा ।

प्रकाशित: ३१ श्रावण २०७७ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App