coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

चरीको गीत

बालकविता

चन्द्रमा पौड्याल

 

 

आज बिहान हाम्रो घरमा दुइटा चरी आए

असारेको बोटमा बसी बिरही गीत गाए

रात भरि पनी पर्यो गुँड झर्यो हाम्रो

यति ठूलो पानी झरी नपरेकै राम्रो।

 

रातभरि पानीसँगै ठूलो हावा चल्यो

त्यै हावाले हल्लाएर हाम्रो गुँड झर्यो

गुँडसँगै हाम्रा प्यारा बचरा नि झरे

हावा हुरी असिनाले हाम्रा बच्चा मरे।

 

कता झर्यो रुखको हाँगो कता पुग्यो रुख

जता हेर्यो जलाम्ये छ खानलाई भो दुख

चारो छैन खानलाई भोकै भयौं हामी

एक मुठ्ठी  चारो छर्द्यौ धर्म हुन्छ नानी।

 

बलियो हुन्न हाम्रो घर तिम्रो जस्तो पक्का

भत्किदिन्छ यसै पनि दिए सानो धक्का

दया गर पन्छीलाई चाहिन्न धेरै खान

बाँडीचुँडी खानुपर्छ भन्ने कुरा जान।

प्रकाशित: २५ श्रावण २०७७ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App