८ वैशाख २०८१ शनिबार
कला

संगीतकार वाजिद खानको निधन

भारतीय फिल्मका संगीतकार वाजिद खानको निधन भएको छ। मिर्गौला संक्रमण भएर सोमबार ४२ वर्षीय संगीतकार खानको निधन भएको थियो।  

गायक सोनु निगमले सामाजिक सञ्जाल फेसबुकमार्फत संगीतकार खानको निधन भएको पुष्टि गरेका थिए। ‘म स्तब्ध भएको छु। उनको आत्माका लागि प्रार्थना गर्नुहोस्,’ भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले भनेका थिए, ‘वाजिदको शरीरमा कोरोन भाइरसको संक्रमण देखिएको थियो।’ संगीतकार खानको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला संक्रमण भएपछि उनलाई शुक्रबारदेखि मुम्बईको एक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको कोभिड–१९ को परीक्षण रिपोर्ट आउन बाँकी छ।  

सन् १९९८ मा अभिनेता सलमान खानको ‘प्यार किया तो डरना क्या’ बाट करिअर सुरू गरेका साजिद–वाजिद दाजुभाइको जोडी बलिउडमा स्थापित मानिन्छ। उनीहरूले ‘गर्भ’, ‘तेरे नाम’, ‘पार्टनर’, ‘हेलो ब्रदर’, ‘वेलकम’ र ‘दंबग’ सिक्वेललगायत फिल्महरूमा संगीत दिएका थिए। यस वर्षको इदमा उनीहरूले संगीत दिएको ‘भाइ भाइ’ गीत अभिनेता खानले गाएका थिए।संगीतकार खानले ‘दबंग’, ‘वान्टेड’, ‘वीर’, ‘एक था टाइगर’ र ‘पार्टनर’ लगायत फिल्महरूमा गीत समेत गाएका थिए। 

प्रकाशित: २० जेष्ठ २०७७ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App