
निर्वाचन विशेष
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजे सुरु हुने भनिए पनि अझै बस्न सकेको छैन। यद्यपि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेताहरू भेला हुन थालेका छन्।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरका नेताहरू मंगलबार दिनभर वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको थियो। हिजो साँझ एकाध मिनेट बसेर स्थगित भएको बैठक आजको लागि बोलाइएको हो।









