२९ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

महामन्त्रीसँग देउवाले भने : पार्टी एकताभन्दा ठुलो टिकटमा मेरो हस्ताक्षर होइन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकता टिकटमा आफ्नो हस्ताक्षरको विषयभन्दा ठुलो भएको बताएका छन्। सभापति देउवा र पार्टीका दुई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच भएको भेटमा देउवाले यस्तो बताएका हुन्। 

सभापतिको भनाइ उद्धृत गर्दै कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने, ‘टिकटमा मेरो हस्ताक्षरको कुरा ठुलो होइन। केन्द्रीय समितिले नै निर्णय गरेर समानुपातिक सूची र राष्ट्रिय सभाको टिकटमा मेरो हस्ताक्षर गएको हो। मेरो हस्ताक्षर भएर एकतामा बाधा छ भने मिलाउनुस्। केन्द्रीय समितिले जसको भन्छ उही साथीले गर्नुस्।’ 

भेटमा देउवाले केन्द्रीय समितिको निर्णयअनुसार नै महामन्त्रीहरूले काम गर्नुपर्ने  प्रस्ट पारेका छन्। प्रवक्ता महतका अनुसार महामन्त्रीहरूले सभापतिको राजीनामा वा आगामी निर्वाचन नलड्ने कुनै सर्त राखेका छैनन्। दुवै जना पार्टीभित्र देखिएका मतभेद समाधानतर्फ गम्भीर रहेको उनको उनले स्पष्ट पारेका छन्।  

प्रकाशित: ३० पुस २०८२ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App