६ वैशाख २०८१ बिहीबार
कला

‘चीनले ताइवानको अवार्ड बहिष्कार गर्‍यो’

ताइवान – ताइवानका फिल्मकर्मीले राजनैतिक दबाबका कारण चीनले ताइवान फिल्म अवार्डलाई बहिष्कार गरेको आरोप लगाएका छन्। ताइवानका फिल्म निर्माता आंग लीका अनुसार चीनले राजनीतिको आडमा एसियाको प्रतिष्ठित ताइवानको गोल्डेन हर्स अवार्ड समारोहलाई बहिष्कार गरेको आरोप लगाए।

ताइवानलाई आफ्नो भूभाग भनेर दाबी गरिरहेको चीनले यस क्षेत्रमा आर्थिक र राजनैतिक दबाब दिने अभियानअन्तर्गत अवार्ड समारोह बहिष्कार गरेको दाबी गरिएको छ। सञ्चारमाध्यमसँग कुराकानी गर्दै फिल्म निर्माता लीले राजनीतिको आडका कारण फिल्म अवार्ड बहिष्कार गर्नु सही नभएको बताए। ‘हामी कलाप्रेमीले राजनीतिको पक्ष हेर्न चाहँदैनौं। तर, हामीले यसको सामना गर्नुपर्छ। कारण हामी यस संसारमा बाँचिरहेका छौं,’ उनले भने, ‘यो सबैको लागि दुःखको विषयको हो।’

कम्युनिष्ट पार्टी सेन्सरद्वारा अनुमोदित फिल्महरू अवार्डमात्र चीनले लिएको थियो। चीनले चिनियाँ फिल्म र कलाकारहरूलाई एसियाको प्रतिष्ठित ताइवानको गोल्डेन हर्स अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको थियो। यसले गर्दा सेप्टेम्बर १ देखि चिनियाँ कलाकारहरूलाई ताइवानसम्म एकल यात्रा गर्न प्रतिबन्ध जारी भएसँगै धेरैलाई उपस्थित हुन गाह्रो भएको अनुमान गरिएको छ। गत वर्षको सो समारोहपछि फिल्ममेकर फुयूउले अवार्ड ग्रहण गर्दै संसारले ताइवानलाई एक स्वतन्त्र देशको रूपमा मान्यता दिने आशा गरेको अभिव्यक्ति दिएपछि आलोचना भएको थियो।

यसअघि चीनले चिनियाँ फिल्म र कलाकारहरूलाई सो अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको थियो। ताइवानलाई आफ्नो भूभाग भनेर दाबी गरिरहेको चीनले यस क्षेत्रमा आर्थिक र राजनैति दवाब दिन चिनियाँ फिल्म र कलाकारहरूलाई अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको थियो। चिनियाँ फिल्मको निगरानी गर्ने सरकारी फिल्म निकायआवद्ध चाइना फिल्म न्युजको माइक्रोब्लगले सूचना प्रकाशित गर्दै निलम्बनसम्बन्धी कारण स्पष्ट खुलाईकन ताइवान चीनको हिस्सा भएको दाबी गर्दै बेइजिङको नियमअनुसार अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको जनाएको थियो।

प्रतिबन्ध बिना चिनियाँ कलाकारहरूका लागि सो अवार्डमा सहभागी हुन अप्ठ्यारो भएको थियो। बेइजिङले सेप्टेम्बर १ देखि टापुमा एक्लै यात्रा गर्न प्रतिबन्ध लगाएको छ। गत वर्षको अवार्ड कार्यक्रममा डकुमेन्ट्री निर्देशक फुयूउले ताइवानलाई स्वतन्त्र देशको रूपमा मान्यता दिन आह्वान गरेपछि चिनियाँ कलाकारलाई सहभागिता जनाउन गाह्रो परेको थियो। ताइवान र चीन एकै परिवारको सदस्य भएको कुरा चिनियाँ सहभागीहरूलाई मान्य नभएपनि सो कार्यक्रमको मञ्चमा उपस्थित हुन अस्वीकार गरेका थिए।

आयोजकले निराश व्यक्त गरेपनि कार्यक्रम भने सुचारु गरेको थियो। चीनको अभिनेता जु झेलनले ‘डाईंग टु सर्भाइभ’ बाट गत वर्ष उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। पुरस्कार समितिमा रहेका एकेडेमी अवार्ड विजेता ताइवानी निर्देशक आंग ली, जसको ‘क्रौचिंग टाइगर, हिडन ड्रेगन’ र ‘ब्रोकब्याक माउन्टेन’ फिल्महरू अवार्डमा सहभागी थिए। उनले अवार्ड लिएपछि भनेका थिए, ‘मलाई विश्वास छ कि कोही पनि हस्तक्षेप गर्न आउदैनन्।’

ताइवान र हङ्कङमा रहेको मनोरन्जन क्षेत्रका व्यक्तिहरूलाई नियमित रूपमा कालोसूचीमा राखिएको छ। स्वतन्त्रता वा प्रजातन्त्र समर्थक अभिव्यक्ति दिने कलाकारहरूमाथि चीनले प्रतिबन्ध लगाइएको थियो।

प्रकाशित: ९ मंसिर २०७६ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App