१६ चैत्र २०८० शुक्रबार
कला

स्वरबिहिन हुँदा डिप्रेसनमा पुगें : साकिरा

न्युयोर्क – गायिका साकिराले स्वरबिहिन हुनुपर्दाको डिप्रेसनमा पुगेको खुलासा गरेकी छिन्। अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले सन् २०१७ मा गलामा रक्तस्राव भएपछि बोल्न नसक्ने अवस्थामा पुगेको घटनाबारे बोलेकी थिइन्।

‘मलाई लाग्थ्यो मेरो जीवनमा सुन्दरता र युवावस्था सकिएर जान्छ। तर, मेरो आवाजले मलाई छोड्नेछ भन्ने कुरा मैले कहिले सोचेको थिइन्,’उनले भनिन्, ‘म गाउन सक्दिन भन्ने कुराले मलाई चोट पु¥याएको थियो। म डिप्रेसनमा पुगेको थिएँ।’

स्वरबिहीन हुनुपर्दा परीको कथाझैं अनुभव भएको उनले बताएकी छिन्। ‘मैले सांकेतिक भाषामा कुराकानी गर्नुपर्ने हुन्थ्यो र कसैले मलाई बुझ्न सक्दैनन्। परिवारका सदस्यहरु मलाई दुःखी भएको देख्न सक्दैनथें। उनीहरु सकेसम्म मलाई मनोरञ्जन दिन लागिपरेपनि म आफूलाई संसारको सबैभन्दा अभागी महसुस गरिरहेको थिएँ,’ उनले भनिन्।

उनको उपचारमा संलग्न चिकित्सकको टोलीले अपरेसनको तयारी गरिरहँदा उनी नियमित योगा र ध्यान गर्न लागिपरेकी थिइन्। नियमित योगा र ध्यानले उनको स्वर पुनः सुधारिदै गएको थियो।

आगामी फेब्रेबरीमा उनी र गायिका जेनिफर लोपेजले एकसाथ सुपर बल प्रतियोगितामा सांगीतिक प्रस्तुति दिनेछन्। गीत, संगीत र नृत्यको लागि परिचित कोलम्बियाली पप गायिका उनी ‘सकिरा इसाबेल मेबारक रिपोल’ को नामले समेत चर्चित छिन्। बाल्यकालमा ‘बेली डान्सर गर्ल’ को उपाधि हासिल गर्न सफल४ वर्षको उमेरमा सन् १९९१ मा पहिलो ‘म्यागिया’ सार्वजनिक गरेकी थिइन्। ल्याटिन संगीतलाई फयुजन गराउन मनपराउने उनको ‘हिप्स डोन्स लाइ’ देखि ‘ओरल फिक्सेसन, भोल्युम २’ बिलबोर्ड हट १०० मा एक नम्बरमै रहन सफल भएको थियो।

 

प्रकाशित: २६ कार्तिक २०७६ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App