coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

साहित्यकार बसन्तकुमार शर्म्माको निधन

काठमाडौं– साहित्यकार बसन्तकुमार शर्म्मा ‘नेपाल’को निधन भएको छ। शर्म्माको शनिबार दिउँसो २ बजे चाबहिलस्थित आफ्नै निवासमा ९७ वर्षको उमेरमा निधन भएको उनका छोरा विनयकुमार नेपालले नागरिक न्यूजलाई जानकारी दिए। 

५ महिनादेखि विरामी शर्म्माले पछिल्लो २ महिनायता मान्छे चिन्न छाडेका थिए। उनको फोक्सो र आन्द्रामा समस्या थियो। शर्म्माको आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। आर्यघाटमै अन्तिम श्रद्धाञ्जलिको कार्यक्रम समेत राखिएको छोरा विनयले बताए।  

शर्म्माको ‘नेपाली शब्दसागर’ शब्दकोश सहित अन्य दर्जनौं साहित्यिक कृति प्रकाशित छन्। उनको पहिलो कृति ‘युगको वारिस’ विसं २००८ मा प्रकाशित भएको थियो। संस्कृत साहित्यका विभिन्न कृतिहरूको नेपालीमा भानुवाद गरेका शर्म्माले विभिन्न विद्यालय र क्याम्पसहरूमा पढाएका थिए। 

प्रकाशित: ७ वैशाख २०७६ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App