coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘यात्राको ट्वीस्टले मलाई तान्यो’

काठमाडौं– काठमाडौंका रैथाने नायक सलिनमान बनियाँले दुई वर्ष अघि झरना थापाको ‘डेब्यू’ निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’बाट अभिनयमा ‘डेब्यू’ गरे। यो फिल्म पछि उनी ‘यात्राः अ म्युजिकल भ्लग’मार्फत आगामी चैत २९ गतेबाट दर्शकमाझ आउँदैछन्। ‘डेब्यू’ फिल्ममा ‘लभरब्वाई’ बनेका सलिनमान फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’मा एक ‘भ्ल्गिष्ट’को भूमिकामा देखिँदैछन्। सम्राट शाक्यको निर्देशन रहेको फिल्मका नायक सलिनमानसँग फिल्मका विषयमा गरिएको कुराकानीः

फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’मा एक यात्रीको भूमिकामा हुनुुहुन्छ। वास्तविक जीवनमा चाहिँ तपाईंको यात्रा मोह कस्तो छ?
पहिला यात्रामा खासै ‘इन्जोय’ गर्दिन थिएँ। पहिलो फिल्म ‘ए मेरो हजुर २’ पछि यात्रा गर्न रमाइलो लाग्न थाल्यो। अहिले ‘यात्राः अ म्युजिकल भ्लग’को कारणले पनि झन रमाइलो अनुभव भइरहेको छ। अहिले अलिक घुम्न थालेको छु।

फिल्म ‘ए मेरो हजुर २’ पछि अलिक घुमन्ते भएको हो?
हो, पक्कै पनि। त्यो फिल्मको सुटिङमा मुस्ताङ जाँदा जोखिमसँगै रमाइलो भयो। भारी बोकेर पहाडको उकालो हिँड्दा रोमाञ्चक अनुभव भयो। जुन पहिले अनुभव गरेको थिइनँ।

पहिला चाहिँ घुम्न रुचि लाग्दैन थियो?
पहिला खासै रुचि हुँदैन थियो। घरमै बसिरहने भएकाले यात्रामा चासो लागेन। घरमा पढ्ने, बलिउड र हलिउड फिल्म हेर्थें।

फिल्म ‘यात्राः अ म्युजिकल भ्ल्ग’मा जोडिनुपर्ने कारण?
मुख्य कुरा फिल्मको विषयबस्तु हो। दर्शकलाई मनोरञ्जन दिने राम्रो कथा छ। प्रेम, सामाजिक सेवा, नेपाली संस्कृति र पर्यटन प्रवद्र्धनसँगै एक्सन र दुःखका कथाहरू पनि छ। यात्राको ट्वीस्टले मलाई तान्यो।

मैले अभिनयमा पनि केही सुधार गरेको छु। ‘ए मेरो हजुर २’ हेरेका दर्शकहरूले जुन आश राख्नुभएको थियो। त्यो पुरा हुन्छ भन्नेमा विश्वस्त छु।

फिल्म ‘ए मेरो हजुर २’ हेर्ने दर्शकले ‘यात्राः अ म्युजिकल भ्ल्ग’मा सलिनमानलाई कस्तो रूपमा पाउनेछन्?
फिल्म ‘ए मेरो हजुर २’ भन्दा फिल्म ‘यात्राः अ म्युजिकल भ्ल्ग’मा मेरो भूमिका भिन्न छ। यसमा ‘लभरब्वाई’ भन्दा केही फरक भूमिकामा देख्नुहुनेछ। यो फिल्ममा मेरो एउटा लिडरको चरित्र छ। मलाई लिडरको चरित्र अलिक गाह्राे भयो। आफ्नो समूहलाई हेर्नुपर्ने भएकाले पनि मेरा लागि यो भूमिका चुनौतीपूर्ण थियो।

‘ए मेरो हजुर २’ र ‘यात्राः अ म्युजिकल भ्लग’को बीचको समयमा अन्य फिल्मबाट अफर आयो होला नि?
मलाई अफर धेरै आएको थियो। तर ‘यात्राः अ म्युजिकल भ्ल्ग’कै जस्तो कथाको फिल्मको अफर चाहिँ आएन। अधिकांश फिल्म प्रेमकथाकै थिए।

‘यात्राः अ म्युजिकल भ्ल्ग’बाट कत्तिको आशावादी हुनुहुन्छ?
म एकदमै आशावादी छु। किनभने यसमा मेरो भूमिका फरक छ। मैले अभिनयमा पनि केही सुधार गरेको छु। ‘ए मेरो हजुर २’ हेरेका दर्शकहरूले जुन आश राख्नुभएको थियो। त्यो पुरा हुन्छ भन्नेमा विश्वस्त छु। सलिनले केही ल्याउँछ भन्ने दर्शकका लागि ‘यात्राः अ म्युजिकल भ्ल्ग’ विशेष छ।

फिल्ममा एक्सनको दृश्यमा काम गर्दा अनुभव ?
यो फिल्ममा एक्सन गर्न निकै रमाइलो भयो। द्वन्द्व निर्देशकसँगको सल्लाहमा एक्सनको फर्मुला प्रयोग गथ्र्यौ।  एक्सनकै कारण एकदुईपटक रगत पनि निस्किएको छ। तर ट्युनिङ मिलेकाले धेरै गाह्राे चाहिँ भएन।

फिल्मको अफर आउँदा परिवारका सदस्यसँग सल्लाह गर्नुहुन्छ?
म चाहिँ धेरै जसो मेरो दिदीसँग सल्लाह गर्छु। आफुले एकपटक स्क्रिप्ट हेरेपछि दिदीलाई पनि स्क्रिप्ट हेर्न दिन्छु। दिदीलाई कस्तो लाग्छ। त्यही अनुसार सल्लाह लिन्छु।

आफ्नो काम गर्न परिवारका सदस्यको सल्लाह कत्तिको आवश्यक पर्दोरहेछ?
मेरा लागि त एकदमै आवश्यक छ। किनभने कहिलेकाँही आफुले लिने निर्णय परिवारका सदस्यलाई मनपरेको हुँदैन। त्यसकारण म परिवारमा बुवाआमाको कुरा पनि सुन्छु।

तपाईको अभिनय रहेको यो फिल्मसँगै अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ३’ पनि एकैदिन रिलिज हुँदैछ। उत्साह वा डर कस्तो छ?
व्यापार सुरु गरेपछि रिस्क त भइहाल्छ। त्यसकारण डरको अनुभव भइरहेको हुन्छ। तर मलाई लाग्छ दुवै फिल्मले आफ्नो लगानी उठाउँछ।

फिल्मको पोस्टरमा तपाईंको हातमा क्यामरा देखाइएको छ। वास्तविक जीवनमा चाहिँ फोटोग्राफीमा रुची कस्तो छ?
पहिला चाहिँ फोटोग्राफीमा धेरै रुची थियो। मलाई डीएसएलआर क्यामराका धेरै कुराहरू थाहा छ। तर अहिले चाहिँ खासै बोक्दिनँ। अहिले केही खिच्नुप-यो भने फोनबाटै खिच्छु।

प्रकाशित: २६ चैत्र २०७५ ०५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App