१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
खेल

सुदूरपश्चिम र विराटनगरबिच ५ ओभरको खेल हुने, ७ः२५ मा टस, ७ः४१ मा सुरु

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल ५-५ ओभरमा छोट्याएर खेलाइने भएको छ।

वर्षा र प्राविधिक कारणले लामो समय रोकिएको उक्त खेलका लागि साँझ ७ः२५ बजे टस हुने तालिका तय गरिएको छ। खेल भने अन्तिम ‘कट अफ’ समय साँझ ७ः४१ बजेबाट सुरु हुनेछ।

साँझ ५ बजेका लागि निर्धारित खेल मैदान भिजेका कारण अन्योलमा परेको थियो। मैदान खेलयोग्य बनेसँगै अम्पायरहरूले ओभर भारी कटौती गर्दै पाँच ओभरको प्रतिस्पर्धा गराउने निर्णय लिएका हुन्।

प्रकाशित: १४ कार्तिक २०८३ १९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App