४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

आलोचना गर्ने पाठक चाहिन्छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आलोचनात्मक चेतयुक्त पाठक निर्माण गर्न प्रकाशक र लेखकहरुले ध्यान दिनुपर्ने बताएका छन्। शुक्रबार किताब यात्राले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले उक्त धारणा राखेका हुन्। अनलाइन अर्डरमार्फत पाठकको घर–दैलोमा किताब पु-याउँदै आएको ‘किताब यात्रा’ले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘नेपालमा पठन संस्कृतिः हिजो, आज र भोलि’ शीर्षकीय गोष्ठी आयोजना गरेको थियो। 

गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालमा पठन संस्कृति समृद्ध हुँदै गएता पनि कस्तो पाठक हुर्काउने भन्नेबारे सचेत हुनपर्ने बताए। ‘नाफा केन्द्रीत पठन संस्कृति भयो भने पाठक दिग्भ्रमित हुन्छन’, ज्ञवालीले भने।’

कार्यक्रममा प्रहरी प्रमुख सर्वेन्द्र खनाल, प्राध्यापक डा. अभि सुवेदी, उपन्यासकार बुद्धिसागर र अभिनेत्री ऋचा शर्मासँग रुपेश श्रेष्ठले नेपालमा पठन संस्कृतिबारे संवाद गरेका थिए। संवादमा वक्ताहरुले पुस्तकको सहज पहुँच र चेतना विस्तारसँगै पाठकहरुको संख्या बढ्दै गइरहेको धारणा राखे। पाठकको रुचिमा विविधता थपिएसँगै नेपाली साहित्य पनि समृद्ध हुँदै गएकोमा वक्ताहरु एकमत थिए। विगतको तुलनामा पठन संस्कृति बढिरहेको भए पनि अपेक्षित रुपमा भने निर्माण नभइसकेको प्रति वक्ताहरुको गुनासो थियो। 

त्यस्तै बुक हिल प्रकाशनका अध्यक्ष भुपेन्द्र खड्काले किताब यात्राजस्ता संस्थाहरुले किताबको बजार प्रवद्र्धन गर्न सकारात्मक योगदान गरेकोमा धन्यवाद दिए। किताब यात्राका प्रमुख ऋषि अधिकारीले एक वर्षमै किताब बजारमा आपूmहरुलाई स्थापित गर्न मद्दत गर्ने पाठकलाई धन्यवाद दिए।

प्रकाशित: २६ माघ २०७५ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App