स्रष्टा ललिता दोषीले बालबालिकाका लागि ‘माछा खोलीमा’ गीत ल्याएकी छन्। गीतमा बालबालिकाको जिज्ञासा, रमाइलोपन र प्रकृतिप्रतिको सामीप्य सरल रूपमा प्रस्तुत गरिएको छ।
रमेश सुवेदीकाे संगीत रहेकाे उक्त गीतलाई बालगायक अभय दुवाडीले मीठाे स्वर मार्फत जीवन्तता प्रदान गरेकाे छ।
खोली, माछा, पानी र खेलकुदकाे प्रसंग ल्याई गीतलाई बालबालिकालाई प्रकृतिसँग घुलमिल हुन हाैस्याइएकाे छ।
अनलाइन बालसंसार डटकमले ‘माछा खोलीमा’ गीत सार्वजनिक गरेको हाे। बालबालिकाका मनोरञ्जन र सिर्जनात्मक विकासमा केन्द्रित छ।
सारेगम म्युजिक सेन्टर रेकर्डिङ स्टुडियो भक्तपुरमा गीतकाे रेकर्ड गरिएको हो। गीतले बालबालिकालाई रमाइलो गर्ने अवसर दिनुका साथै उनीहरूको कल्पनाशक्ति र भाषिक विकासमा सहयोग पुर्याउने अपेक्षा छ।
बालसंसारको वेबसाइट र विभिन्न डिजिटल प्लेटफर्महरूमा गीत सुन्न र हेर्न सकिनेछ।
प्रकाशित: २२ असार २०८२ १२:५३ आइतबार