६ माघ २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

ज्याेतिले मनायाे भानु जयन्ती

ज्योति साहित्य प्रतिष्ठानले २१९औं शृङ्खलामा आदिकवि भानुभक्त आचार्यको २१२औं जयन्ती भव्यताका साथ मनाएकाे छ।

प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा भएकाे कार्यक्रममा आदिकवि भानुभक्तका खनाती पुस्ताका काशिराज आचार्यले आदिकवि विश्वभरका सम्पूर्ण नेपालीभाषीका आदिकवि हुन् भन्दै तत्कालीन समयमा उनले नेपाली भाषालाई समृद्ध बनाउन गरेको मेहनत र लगशीलताप्रति हामीले गर्व गर्नुपर्ने बताए।

आयोजक संस्थाले यस वर्ष सर्वप्रथम कार्यक्रम आयोजना गरेर राम्रो कार्य गरेकोमा उनले धन्यवाद दिएका थिए। उनले चुँदी रम्घाको भौगोलिक परिवेशबारे कोट्याउँदै त्यहाँ आदिकविको भव्य सालिक, जन्मस्थल विकास, गाउँ, बजार, पुस्तकालय आदिको निर्माण तथा विकास भैरहेको र केही वर्षमा उक्त बस्ती प्रत्येक नेपालीले गर्व गर्नलायक हुने पनि चर्चा गरेर माहौलमा उत्साह थपिदिए।

विशिष्ट अतिथि इतिहासविद् प्राडा गोविन्दमान सिंह कार्कीले आदिकविको जन्मको समयमा नेपालमा प्रधानमन्त्री अमरसिंह थापा र ५४ वर्षको उमेरमा मृत्यु हुँदाताका जङ्गबहादुर राणा प्रधानमन्त्री भएकाे बताउँदै दुवै बाघ व्यक्तित्वको बिचमा उनले तत्कालीन नेपाली समाजको सजीव वर्णन आफ्ना कृतिहरूमा गरेर पनि राजनीतिभन्दा टाढा रहेको पाउँछौँ भन्दै उनले भानुभक्त समर्पित कविता वाचन गरेका थिए।

प्रभा भट्टराई (आदिकविका खनातिनी) ले आदिकविका काकापट्टिका चुँदी रम्घाका आचार्य परिवारका हामी भानुभक्तलाई गर्व र श्रद्धापूर्वक सम्झन्छौं र सामाजिक रूपमा उनको नेपाली भाषा र साहित्यप्रतिको योगदानको चर्चा गर्दै केही कविता वाचन गरेकी थिइन्।

कार्यक्रममा विमल भौकाजी, ज्ञाननिष्ठ ज्ञवाली र विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वा लगायतले आदिकविलाई सम्झदै कविता वाचन गरेका थिए।

उक्त अवसरमा मधुसुदनप्रसाद घिमिरे, दिनेशकुमार शर्मा, राजाराम राउत, मुकुन्द पौडेल, जयन्ती आचार्य, राकेशकुमार झा रसिक, कृष्णप्रसाद पराजुली शिशु, अमर अधिकारी, दिलबहादुर चौधरी, बुद्धिमान महर्जन, मञ्जुश्री प्रधान, शान्ति शर्मा, कल्पना काफ्ले, नीला घिमिरे, हिमानी शाह, डा. किस्मत भण्डारी,  रेणु घिमिरे, सुनिता राई कन्दङ्वा, रविन्द्र आशिष शैली, केदारप्रसाद मैनाली, सन्तोष भुजेल, संगीता ठाकुर,  जाँयस जया, रामप्रसाद अधिकारी, सितादेवी पाण्डे, बिनु वाबा घिमिरे, सुधा बास्कोटा ढकालले सिर्जना वाचन गरेका थिए।

चिया कविता नेपालको सहकार्यमा नयाँ बानेश्वर काठमाडौंको चिया सागर रेस्टुरेन्टको खुला प्रेक्षालयमा भएकाे कार्यक्रममा दिनेशकुमार शर्माले सहभागीहरूलाई स्वागत गरेका थिए भने  निरा श्रेष्ठले कविता वाचनसहित कार्यक्रम सञ्चालन गरेकी थिइन्।

प्रकाशित: १५ असार २०८२ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App