८ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

मैले तिमीलाई माया गरेको थिएँः अलेक्जेन्डर पुष्किन

आज रूसी भाषा दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ। आधुनिक रूसी साहित्यका संस्थापक अलेक्ज्याण्डर सर्गेइभिच पुष्किनको २२६ औँ जयन्तीका रूपमा पनि यो दिवस मनाइन्छ। पढौं पुष्किनको एक उत्कृष्ट कविता:

.मैले तिमीलाई माया गरेको थिएँ -

सायद त्यो माया अझै पूर्ण रूपले मरेको छैन,

तर अब त्यो माया तिमीलाई नझल्याओस् -

म तिमीलाई दुःखी बनाउने कुनै कुरा चाहन्न।

मैले तिमीलाई माया गरेको थिएँ - मौनतामा, निराशामा,

कहिले लाजले, कहिले ईर्ष्याले चुपचाप पीडित हुँदै;

मैले तिमीलाई माया गरेको थिएँ - यति साँचो, यति कोमलताका साथ,

जसरी भगवान् गरून् - तिमी पनि यस्तै मायामा पर्न सकोस्,

कोही अर्कासँग।

प्रकाशित: २३ जेष्ठ २०८२ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App