२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

‘लेखेको भावी’ काे फिमेल भर्सन सार्वजनिक

<br>

लाेकप्रिय गायक राजेशपायल राईले गाएको ‘लेखेको भावी’ गीतको फिमेल भर्सन सार्वजनिक भएको छ।

दुई वर्षअघि राईले गाएको गीतलाई नयाँ पुस्ताकी लोकप्रिय गायिका सुनिता थेगिमको स्वरमा सार्वजनिक गरिएको हो। गीतको फिमेल भर्सनको भिडियो यूटुव मार्फत सार्वजनिक भएको छ। गायिका थेगिमले उक्त गीत केही फरक शैलीमा गाएकी छन्।

गीतकार विकास संगम राईको गीतलाई विक्रम राईले संगीत भरेका हुन्। संगीतकार राईकाे निधन भइसकेकाे छ।

गीतको भिडियोमा विकास राई, चाहना मगर, श्याम राई, कविता आले मगर लगायतले अभिनय गरेका छन्।

मकवानपुरको चित्लाङमा छायाङ्कन गरिएको गीतकाे भिडियोमा अभिनय र निर्देशन उत्तिकै सुन्दर देखिन्छ।

कथा निर्देशन कुशुमलत्ता राईको रहेको भिडियो रौरभ लामाले खिचेका हुन्। गीतको एरेञ्जर राजु कार्की हुन्। 

प्रकाशित: २१ जेष्ठ २०८२ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App