१० माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘यात्राको लय’ विम्बविधानकाे उत्कृष्ट नमुना

नियात्राविद् जय छाङ्छाले नियात्राकार प्रदीप सापकोटाको ‘यात्राको लय’ विम्बविधानकाे उत्कृष्ट नमुना रहेकाे बताए।

सुनकोसी वाङ्मय प्रतिष्ठानले सञ्चालन गरेकाे नियात्राकार प्रदीप सापकाेटाकाे यात्राको लय नियात्रासंग्रहकाे परिचर्चामा नियात्राविद् जय छाङछाले यस्ताे बताएका हुन्।

उनले भने, ‘प्रदीप सापकोटाले आफूलाई आशावादी नियात्राकारको रूपमा चिनाएका छन्। नियात्रा विधातात्विक दृष्टिले पूर्ण छ। विम्बविधानकाे दृष्टिले अझै उत्कृष्ट बनेकाे छ।’

स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले नियात्रामा सपाट वर्णन मात्र नियात्रा नहुने भन्दै ‘यात्राका लय’ ले पाठकलाई डोर्‍याएर लाने सामर्थ्य रहेकाे बताए। उनले भने, ‘वाद्यवादन अन्धाधुन्ध बजाउँदा पनि आवाज आउँछ, त्याे पनि संगीत नै हाे तर लय मिलाएर बजाउनु खास संगीत हाे। नियात्राकार सापकाेटाले ‘यात्राका लय’ मा लय मिलाएका छन्। उनी लय मिलाउने नियात्राकार हुन्। निजात्मक अनुभूति र भावनाकाे डुबेर नियात्रा लेख्नु उनकाे खुवी हाे।’

उत्पला क्याफे बौद्धमा भएको कार्यक्रममा लाेकप्रिय निबन्धकार श्रीबाबु कार्कीले नियात्राकार सापकाेटामा पाठक तान्ने खुवी रहेकाे बताए। नियात्रामा तत्कालीन द्वन्द्व र नेपालयात्राकै पेरिफेरिका नियात्राकाे बाहुल्य रहकाे उनले बताए।

उनले भने, ‘नियात्राकार जहाँ जान्छन् त्यहाँका सूक्ष्म कुरा पनि मन छुन ढंगले आफ्नो नियात्रामा प्रस्तुत गरेका छन्। अनुभूति र नजिकका सबै दृश्य नियात्राकारको ब्रम्हबाट तानिएका छन्।’ 

वरिष्ठ नियात्राकार पवन आलोकले ‘यात्राको लय’ मन छुने नियात्राकाे सँगालाे रहेकाे बताए। यसैगरी साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले नियात्राकार सञ्चारकर्मी र स्रष्टा दुवैमा अब्बल देखिएको बताए।

अर्का वक्ता डा. शैलेन्दुप्रकाश नेपालले प्रदीप सापकोटाको लेखनी राम्रै रहेको आफूलाई लागेको बताए।

नियात्राकार प्रदीप सापकोटाले रहरले लेख्न सुरु गरेकोमा थप जिम्मेवार भएर लेख्नपर्ने महसुस भएको बताउँदै उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए।

सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले सहजीकरण गरेकाे कार्यक्रममा सुसेलीका प्रवर्तक दुर्गाप्रसाद अधिकारी भमरकोटेले केही सुसेली प्रस्तुत गरेर कार्यक्रमकाे माहाेल तताएका थिए।

प्रतिष्ठानका कोषाध्यक्ष तारा केसीले स्वागत मन्तव्य प्रस्तुत गरेकाे कार्यक्रममा स्रष्टाहरू -  विष्णु थापा ‘बिछाेड’, गंगा खतिवडा, तुलसा सिलवाल मैनाली, ध्रुवराज थापा ‘पुरुष’, प्रद्युम्न जाेशी, सालिकराम सुवेदी, सुधा मैनाली, ‘अन्तर्बाेध’ त्रैमासिकका सम्पादक हाेमशंकर बास्ताेला, लघुकथा समाज नेपालका रामकुमार पण्डित, ‘मधुपर्क’ को पूर्व सम्पादक तथा ‘आरब्ध’ का सम्पादक जयदेव भट्टराई, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, भुँडीपुराण प्रकाशनका केशव पराजुली, विश्व सिग्देल, सुमन सौरभ, राजेश खनाल, देविका तिम्सिना लगायतकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रम इखबरनेट मिडिया पार्टनर रहेकाे थियाे। नियात्राकार सापकोटाको यात्राको इन्द्रेणी रंग नियात्रासंग्रह पनि प्रकाशित छ।

प्रकाशित: १७ जेष्ठ २०८२ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App