८ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘मोहन सिटौला: व्यष्टि र समष्टि’ लाेकार्पण

साहित्यिक पत्रकार संघले शारदा मासिकको ‘मोहन सिटौला: व्यष्टि र समष्टि’ अतिरिक्ताङ्कको लोकार्पण गरेकाे छ।

सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती र मन्चासिन सबैले लोकार्पण गरेका थिए।

साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लोकार्पित कृतिबारे साहित्यकारहरू प्रा. हेमनाथ पौडेल र प्राडा देवी नेपालले समीक्षात्मक मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले सर्जक मोहन सिटौलाको योगदानको चर्चा गर्दै सिटौला बहुआयामिक व्यक्ति भएको चर्चा गरेका थिए।

यसैगरी अध्यक्ष लेकालीले कार्यक्रमको उदेश्य र महत्त्वमाथि प्रकाश पार्दै पुस्तक प्रकाशन र सर्जक सिटौलाले साहित्य सिर्जना, अनुवाद र सस्थागत योगदानमा पुर्‍याएको योगदानको चर्चा गर्दै सिटौलाको काव्यमा नवीनता, कलात्मकता, मानवीय समवेदना,  डायस्पोरिक चेतना, स्थानीयता, स्वतन्त्रता आदि रहेको बताए।

कार्यक्रममा अस्टिन, अमेरिकामा रहेका मोहन सिटौलाले अनलाइनबाटै आफ्नो मन्तव्य राख्दै आभार प्रकट गरेका थिए।

शारदा मासिकका सम्पादक विमल भौकाजीलाई मायाको चिनोसहित सम्मान गरिएको सो कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश मोहनप्रकाश सिटौला, वरिष्ठ इतिहासविद्  प्राडा सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार डा. गार्गी शर्मा, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय, बाग्मती कलेजका प्रिन्सिपल प्राडा सुरेन्द्र सिटौला, सिटौला समाजका पूर्व सभापति खगेन्द्रराज सिटौला, कपिल सिटौला लगायतले मन्तव्य राखेका थिए।

साहित्यकार भगवती बस्नेतले सहजीकरण गरेको सो कार्यक्रममा प्रमुख अतिथि उप्रेती र समीक्षकहरू प्रा. हेमनाथ पौडेल र प्राडा देवी नेपाललाई चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित सिने कलाकार दिनेश डीसीले मायाको चिनो प्रदान गरेका थिए।

डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएकाे कार्यक्रममा सर्जक मोहन सिटौलाकी आमा मनमाया सिटौलाले गीत गाएकी थिइन्।

कार्यक्रममा पूर्व रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला, साहित्यकारहरू हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, कृष्ण प्रसाईं, जयदेव भट्टराई, युवराज नयाँघरे, श्रीओम श्रेष्ठ रोदन, शंकर भारती, क्रान्ति श्रेष्ठ (जापान) , डा. किस्मत भण्डारी (अमेरिका), मणि लोहनी, मन्जिला अनिल, डा. बुनु दाहाल रहेकाे थियाे।

त्यस्तै उषा केसी, विजयध्वज थापा, केशवप्रसाद पराजुली, छविरमण सिलवाल, सन्तोष श्रेष्ठ, ठाकुर बेलवासे, गोपीकृष्ण प्रसाईं, रमेश दाहाल, लक्ष्मी पाण्डे, राजेन्द्रमान डंगोल, जीवनकुमार श्रेष्ठ, श्रीराम राई, अखिल सिटौला, भानुप्रकाश जोशी, हरिप्रसाद सिलवाल, नवीन पल्लव, माधव घिमिरे अटल, सुमन थापा संगम, प्राडा भरतकुमार भट्टराई, बैरागी जेठा, विजया पन्त, राधिका दाहाल, प्रदीप खनाल, प्रदीप सापकोटा लगायतको उपस्थिति थियो।

प्रकाशित: १४ जेष्ठ २०८२ ०९:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App