२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

क्यानडाबाट भारत हुँदै नेपाल उडेकी रचना जर्मनी पुगिन्

क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी गायिका रचना रिमाल जर्मनीमा 'इमर्जेन्सी' ल्यान्ड भएकी छन्।

यसको जानकारी रचना आफैँले आफ्नो आधिकारिक फेसबूकमार्फत दिएकी छन्। 

उनी क्यानडामा साङ्गीतिक कार्यक्रम सकेर मङ्गलबार (आज) भारत हुँदै नेपाल फर्कने क्रममा थिइन्। तर, क्यानडाबाट उडेकी उनी जर्मनी पुगेकी हुन्।

'क्यानडाबाट भारत ल्यान्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमरजेनसी ल्यान्ड भएको छ,' रचनाले फेसबूकमा लेखेकी छन्।

उनी केही बेरमा पुन: भारत हुँदै नेपाल फर्कने तयारीमा रहेको उनले बताएकी छन्।

प्रकाशित: ३० वैशाख २०८२ १७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App