२१ पुस २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

रुन खोज्छु रुवाइ पनि आँखाबाट झरिदिन्छ!

गीत

१) गीत

सुर खोसेको रात आफैं मरेको देखें,

बेसुर भएको रात आफैं जलेको देखें।

अघकल्चो बनाई छोडेको बेला, सारा दिनहरू अन्धकार देख्थें

मुर्दा भई जिउँदै मरेको बेला, घाइते रातहरू उज्यालो देख्थें।

सुर खोसेको बेला...।

घाइते जिन्दगी जिउनुपरेपछि, अधकल्चो भई जिएको बेला

पीडामा दिन जलेको देख्छु, जिउँदै मुटु सिएको बेला।

सुर खोसेको रात...।

बाँच्न खोजेँ बाँच्न सकिन, मर्न खोजेँ मर्न सकिन

मबाट सुर खोसेको बेला, पीडामा छटपटिई जलेको बेला

जिन्दगी आफैलाई भार भयो, जिन्दगी आफैंलाई मार भयो।

सुर खोसेको बेला...।

घाइते जिन्दगीका बातहरू सुनाउँ म कसरी

अव्यक्त छ मनको पीडा, म व्यक्त गरूँ कसरी

जनमभरको के सौगात दियौ, घिस्रिएर सधैं जिउनुपर्ने

हृदयभरि चोटै चोट छ पिल्सिएर सधैं मर्नुपर्ने।

सुर खोसेको रात...।

२) गीत

रुन खोज्छु रुवाइ पनि, आँखाबाट झरिदिन्छ

हाँस्न खोज्छु हाँसो पनि, घाँटीबीच अडिदिन्छ  

रुन खोज्छु...।

दुख गाड्न मिल्ने भए, सारा दु: ख गाडिदिन्थेँ

आँसु बाँड्न मिल्ने भए, सारा आँसु बाँडिदिन्थेँ

रुन पनि पर्दैनथ्यो, आँसु सबै सुकेपछि

मुटु यो दुख्दैनथ्यो, मुटु आफै फुटेपछि

रुन खोज्छु...।

मनको नाता आँसुसँग, भित्रैभित्रै गढ्दो रहेछ

नचाहेरै माया किन, नातासँगै चढ्दो रहेछ।

रुन खोज्छु...।

(गायक भक्तराज आचार्यमा समर्पित) 

प्रकाशित: २४ वैशाख २०८२ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App