९ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

साहित्यकार होमनाथ सुवेदीलाई ‘ज्योति साहित्य सम्मान’

नयाँ वर्ष २०८२ को शुभ अवसरमा २१६ औं कविता यात्रामा वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई ‘ज्योति साहित्य सम्मान’ प्रदान गरिएको छ।

नयाँ बानेश्वरस्थित चिया सागर रेष्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाली भाषा, साहित्य, कला र संस्कृति क्षेत्रमा गरेकाे नेतृत्वदायी भूमिकाका लागि सुवेदीलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ।

कार्यक्रमको सभापतित्व मणिराज सिंहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई उपस्थित थिए। विशेष अतिथिहरूमा शिखर सम्मेलन कवि शैलेन्द्र साकार, डा. विष्णुविभु घिमिरे, अमेरिका निवासी साहित्यकार होमनाथ सुवेदी, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, नरेन्द्रबहादुर श्रेष्ठ, ज्ञानुवाकर पौडेल, नेपाली लेखक संघका उपाध्यक्ष डा. शशी थापा, रवीन्द्र आशिष शैली, राजबाबु श्रेष्ठ सागर र प्राडा गोविन्दमान सिंह उपस्थित थिए।

कार्यक्रममा अतिथिका कवि  तोयानाथ सुवेदी, सुप्रियाञ्जली घिमिरे, इन्दिरा चापागाईं, दिनेशकुमार शर्मा, मधुसुधन प्रसाद घिमिरे, सुधा भट्टराई, उत्तम विचार, निरा श्रेष्ठ, देवेन्द्र ओली, डा. विष्णुविभु घिमिरे, डा. पद्मा अर्याल, अन्चु सुवेदी, राजेन्द्र घिमिरे सागर, सुनिता अधिकारी, रमा वली, पुष्कर लोहनी, दिनेशकुमार शर्मा, संगीता खरेल, देवेन्द्र नेपाल, हारितकुमार रेग्मी, नीरा श्रेष्ठ, कृपा पराजुली, युनालनारायण पन्त, सरिता बजगाई पन्त, उषा आचार्य, अनन्तनारायण पन्त, किशन पौडेल, देवेन्द्र नेपाल, यमुना न्यौपाने, संगीता खरेल, लक्ष्मी प्रधान, भुवन सिवाकोटी, शिरोमणि चौधरी, जीएनके खडेरी, देवेन्द्र ओली, केदारप्रसाद मैनाली, डा. शशी थापा पण्डित, अमर अधिकारी लगायतले कविता वाचन गरेका थिए।

कार्यक्रमको विशेष आकर्षणस्वरूप युवा साहित्यकार सुनिता अधिकारीको यसै महिना परेको २०औं जन्मोत्सव मनाएर सबैले शुभकामना दिए। अतिथिहरूले कविता, मुक्तक, गजल वाचेर साहित्यिक वातावरणलाई झन् सजीव बनाएका थिए।

ज्योति साहित्य प्रतिष्ठान र ज्योति प्रकाशन प्रालि, काठमाडौंको संयुक्त आयोजनामा भएको  कार्यक्रमको सञ्चालन उषा आचार्यले गरेकी थिइन्।

प्रकाशित: १५ वैशाख २०८२ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App