१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको छ।

सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर–टहरा हटाएको हो। यसअघि १५ दिने सूचना जारी गरी अतिक्रमित घर–टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि धापासी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएका घर–टहरा, कम्पाउन्ड र अस्थायी संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए।  

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत उक्त कदम चालिएको बताए। नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा कानुनी व्यवस्था पालना गर्न सबैलाई आग्रह गरेको छ।

प्रकाशित: ७ जेष्ठ २०८३ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App