१९ पुस २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

स्रष्टा श्यामप्रसाद श्रेष्ठकाे चाैथाे कृति ‘कठै !’ लाेकार्पण

सिर्जना अभियान समाज भक्तपुरले स्रष्टा श्यामप्रसाद श्रेष्ठकाे चाैथाे कृति ‘कठै !’  लघुकथासंग्रहकाे लाेकार्पण गरेकाे छ।

वरिष्ठ कथाकार तथा कार्यक्रमकाे प्रमुख अतिथि मधुवन पौडेलले ‘कठै!’ लघुकथासंग्रहकाे लाेकार्पण गरेका हुन्।

संस्थाको सचिव तथा वरिष्ठ साहित्यकार सचिव ध्रुव मधिकर्मीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्राडा भरतकुमार भट्टराईले कथा संसारमा ‘कठै!’ लघुकथासंग्रह अलग्गै स्वाद भएको बताए।

उक्त कार्यक्रममा अतिथिहरू भागिरथी श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘’रोदन’’ र डा. शेखरकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा जयदेव भट्टराई, कृष्ण प्रधान, मणिराज सिंह, अश्विनी कोइराला, हरेन श्रेष्ठ मनीषकुमार शर्मा, दिपक लोहनी, कात्यायन, दिव्य गिरी, निर्मला बराल, शान्ता तिम्सिना, राजबाबु श्रेष्ठ सागर, रासा, सत्या अधिकारी, विमलकुमार ताम्राकार, प्रार्थना खनाल, महेन्द्र न्यौपाने, विरेन मालाकार, प्रकाश सिलवाल, दिनेश शर्मा, श्रीराम पाण्डे, मिथिला अधिकारी, राजेशमान केसी, जुमन किरण लगायतको उपस्थित रहेको थियो।

आयोजक संस्थाको सदस्य सुदिप हाडाले सञ्चालन गरेकाे उक्त कार्यक्रममा लघुकथाकार ध्रुवराज थापाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

साहित्यकार किशन पौडेलले स्रष्टाको परिचय दिंदै यसअघि दुई नाटक र एक लघुकथासंग्रहको प्रकाशन भएकाे बताए। साथै उनले समयसन्दर्भ लेख, मुक्तक र कविताहरू पनि पत्रपत्रिकामा प्रकाशित हुँदै आएको बताए। 

प्रकाशित: ७ वैशाख २०८२ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App