९ पुस २०८२ बुधबार
image/svg+xml
कला/संस्कृति

पलेंटी साँझमा कवि सिजन श्रेष्ठको एकल रचना वाचन

पलेंटी साँझमा कवि सिजन श्रेष्ठको एकल रचना वाचन सम्पन्न भएको छ। सुन्दरहरैँचा- १०, खोर्सानेको सिद्धार्थ इङ्ग्लिस स्कुलको पुस्तकालयमा कार्यक्रममा भएको हो। नझरेका फूलहरूको ११ वार्षिक उत्सवको अवसर पारेर सञ्चालित कार्यक्रममा कवि श्रेष्ठले २ गजल, १५  कविता गरेर १७ रचना सुनाएका थिए।

उक्त कार्यक्रम सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाई, वरिष्ठ कवि मनु मञ्जील, लेखक तथा अनुसन्धाता केशु विरही, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, सिद्धार्थ इङ्ग्लिस स्कुलका प्रिन्सिपल अर्जुन बस्नेत, सङ्गीकर्मी जेबी थुलुङ, मुक्तककार नवराज पोखरेल ‘नवशिला’, पत्रकार तथा समीक्षक खेमचन्द्र अधिकारी, गायक समसेर रसाइली लगायतकाे साहित्यिक व्यक्तित्वको उपस्थिति रहेको थियो।

सङ्खुवासभाको वानामा २०४९ सालमा जन्मिएका श्रेष्ठको २०८१ सालमा हावामा अल्झिएको स्वर (कवितासङ्ग्रह) प्रकाशन भएको थियाे। कवि श्रेष्ठ ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी  युवा पुरस्कार-२०८१’ बाट पुरस्कृत भएका छन्।

स्थानीय मञ्जु रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेको रहेको थियो।

प्रकाशित: ४ वैशाख २०८२ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App