३१ चैत्र २०८१ आइतबार
image/svg+xml ७:९ पूर्वाह्न
कला/संस्कृति

स्रष्टा डा. सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ को लोकार्पण

साहित्यिक पत्रकार संघले सर्जक डा. सुमन कर्माचार्यको दोस्रो कृति ‘कात्रोमा खल्ती’ (अनाख्यान) को लोकार्पण गरेकाे छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पूर्व महासचिव वरिष्ठ नेता डा. शेखर कोइरालाले सो कृतिको लोकार्पण गरेका थिए।

डालो रेस्टुरेन्ट (नयाँ) अनामनगर, काठमाडौंमा आयोजित सो कार्यक्रम संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको थियो। कार्यक्रममा अध्यक्ष लेकालीले स्वागत गर्दै संघको योगदानको चर्चा गरेका थिए। उनले २०३८ सालमा संघले बी पी कोइरालाको अभिनदन गरेको स्मरण गर्दै कृतिकार डा. कर्माचार्यको साहित्यिक योगदानबारे बोलेका थिए।

कार्यक्रममा कृतिकार डा. सुमन कर्माचार्यलाई आयोजक संस्थाका तर्फबाट प्रमुख अतिथि डा.कोइरालाले सम्मान पनि गरेका थिए। कार्यक्रममा डा. कोइरालाले डा. सुमन कर्माचार्य प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भएको बताउँदै उनले गरीबदुखीहरूको स्वास्थ्योपचारमा  दिएको योगदान उल्लेखनीय भएको बताए।

डा. कोइरालाले वर्तमान राजनीतिक स्थितिप्रति चिन्ता व्यक्त गर्दै अहिले राज्य संन्यत्र बिचौलियाहरूले चलाइरहेको उल्लेख गरेका थिए।

कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले कृतिको समीक्षा गर्दै डा. कर्माचार्यका रचनाहरूले पार्टी, सरकार र नेताहरूमा रहेका  विकृति र विसङ्गतिहरूलाई स्पष्ट रूपमा देखाएको बताए।

यसैगरी कृतिका सम्पादक विमल भौकाजीले लेखक र आफू एउटै गाउँठाउँमा हुर्केको बताउँदै उनी बहुमुखी प्रतिभा भएको व्यक्ति रहेको बताए।

कार्यक्रममा कृतिकार डा. कर्माचार्यले बीपी, गणेशमान र किशुनजी आफ्नो आदर्श भएको बताउँदै आफूले सधैं त्यही आदर्श बोकेर अहिलेसम्मको यात्रा तय गरेको उल्लेख गरेका थिए।

अतिथिको आसनबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले आफ्नो विचारप्रति प्रतिबद्ध डा.कर्माचार्य जस्तो व्यक्ति अहिले पाउन गाह्रो भएको बताउँदै बधाईज्ञापन गरेकी थिइन्।

कवि एवं चर्चित सन्चारकर्मी ठाकुर बेलवासेले सहजीकरण गरेकाे सो कार्यक्रममा अध्यक्ष लेकालीले प्रमुख अतिथि कोइराला, कथाकार भागीरथी श्रेष्ठ, वरिष्ठ समालोचक प्रमोद प्रधान, सम्पादक विमल भौकाजी, कवि एवं चर्चित सन्चारकर्मी ठाकुर बेलवासेलाई मायाको चिनो प्रदान गरिएकाे थियो। कार्यक्रममा साहित्यकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: २५ चैत्र २०८१ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App